आज महानवमी, शक्तिस्वरुपा दुर्गा भवानीको पूजा आराधना गरी मनाईयो
हाम्रोगुल्मी संपादक गुल्मी ३० असोज
बडादसैँको नवौँ दिन आज नेपालभर शक्तिस्वरुपा दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाईएको छ । घटस्थापनाका दिन आ-आफ्ना घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने तथा दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र विशेष पूजाअर्चना र सप्तशती पाठ गरेर महानवमी मनाईएको छ । बडादसैँको नवौँ दिन महानवमीका दिन आज गुल्मी लगायत देशभरका शक्तिठि दुर्गा भवानीको मन्दिरहरुमा पुजा आजा र दर्शन गर्नेहरुको घुईचो लागेको थियो । घटस्थापनाका दिन आ-आफ्ना घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाउन र भाकल पूरा गर्न शक्तिपिठहरुमा दर्शनार्थीहरुको भिड लागेको हो । यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र विशेष पूजाअर्चना र सप्तशती पाठ भैहरहेको छ । पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ । यस पर्वमा कोतघरहरु मा हर्षबढाइँका साथ कोतपूज्ाा र निशानपूजा पनि गरिन्छ । आज गुल्मी जिल्लामा धुर्कोट् रजस्थलमा रहेको कोत ईस्मा चारपाला मुसिकोट चन्द्रकोट र वामीकोट लगायतका कोतघरहरु तथा तम्घास धागीथुम भगवती मन्दिर तम्घासस्थान भगवती मन्दिर अर्जुन डाँडाको अर्जुन भगवती मन्दिर खानीगाउँ भुजेलखर्क तथा टुनीखोला भगवती धुर्कोट्को कालीका र देविस्थान अजॆ्रको पोखराबारी अर्वाबाङ्गकोट मर्भुङ्गकोट तथा घमिरको खड्गछत्रकोटमा कोतघरहरुमा नवदुर्गा लगायतका दुर्गा भगवती तथा खड्ग मन्दिरहरुमा विशेष पुजाआजा भईरहेको छ । यस्तै जुनियाको भयर्देव कोतघर रुपाकोटको खड्गकोट जुहाङ्गको भगवती बम्घाको भयर्देव दिगामको खड्गकोट हुँगाको खड्ग लिम्घाको भयर्देवकोत लगायतका कोतघरमा पनि पुजाआजा भएको थियो । पूजाआजा र दर्शनको लागी मन्दिर तथा कोतहरुमा पुगेका जाने आउने दर्शनार्थीहरु अहिले घुईँचो लागीरहेकोले गाँउँघरका बाटोटाटो र कोत तथा मन्दिरहरु रंगीचँगी देखिएका थिए । आजको दिन विभीन्न भाकल गर्ने तथा यस अघिका भाकलहरु पूरा गर्न पाचवली परेवा तथा भेटी चढाएमा नवदुर्गाले आफ्नो मनोकाँक्षा पूरा गर्ने विस्वासका आधारमा आज धेरै शक्तिपिठहरुमा पूजाआज गरीन्छ ।
पशुवली नदिने तथा शाकाहारीहरुले कुभिण्डो काँक्रो नरिवल चढाउने परेवा भेटी तथा धुप ध्वजाहरु चढाउने र भाकल पूरा गर्ने गर्दछन् ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें