लामो समयदेखि सडक पुननिर्माण नहुँदा यात्रुहरु मर्कामा
गुल्मी १९ असोज
वर्षादको समयमा भत्किएका र पहिरोले पुरिएका अर्घाखाँची जिल्लाका दुई दर्जन ग्रामिण कच्ची सड्कहरु पुन निर्माणमा ढिलाई हुदा दशैको समयमा समान ढुवानी र आवतजावतमा समस्या भएको छ । वर्षामा भत्किएका सडक निर्माणमा जिविसले ढिलाई गरेपछि सदरमुकाम चुत्रावेशीबाट वाँगी हंसपुर हुदै गुल्मीको पुर्काेटदह र प्युठान जाने जिल्लाकै मुख्य करिब १ सय किमी सड्कका अधिकाश ठाउँमा भत्किएर चार महिना देखी ठप्प हुँदा जनतालाई समस्या भएको हो । केही सडकमा भने पहिरो नहटाई गाडीवालाले जबरजस्ती सवारी लैजाँदा जोखिमसँगै मनपरी भाडा असुल्दा सर्वसाधारण मारमा परेका छन ।
अबरुद्ध दुई दर्जन सडक मर्मतमा जिविस र गाविसले ढिलासुस्ती गरेको गाउँलेको भनाई छ । सदरमुकामबाट सिद्धारा सिमलपानी जलुके जुकेना सुवर्णखाल धनचौर गोखुगा लगायत ३० गाविसका गाउँमा पुग्ने मुख्य र सहायक सडक अबरुद्ध नै छन । सडक पुननिर्माणमा ढिलाई भएकाले दशैको मुखमा घर जाने आउने सर्वसाधारण घण्टौ पैदल हिडन बँध्य भएका छन । गाउँमा जाने ग्रामिण बाटो भत्किएर र पुरिएर ठप्प भएका छन । स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले दशैमा अबरुद्ध सडक मर्मत गर्नका लागि जिविसले २५ लाख रुपैयाँ छुटाईसकेको बताउनुभयो । उहाँले उपभोक्ता समितिलाई दशैसम्म अबरुद्ध सबै सडक पुननिर्माण गरिसक्न निर्देशन गरीसेकेका पनि बताउनुभयो ।
pm magar »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें