|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

छुट्टाछुटै सवारी दुर्घटनामा २ जना घाईते

गुल्मी २८ असोज । दँशैसंगै सवारी दुर्घटना बढीरहेको समयमा गुल्मीमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना घाईते भएका छन् । बिहीबार (आज) दिउँसो १२ बजे श्रृङ्गामा बसको ठक्करबाट एक बालक घाईते भएका छन् । काठमाण्डौबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आईरहेको ना ३ ख ७३९८ नम्बरको बसले दिगाम २ देउरालीमा हर्दिनेटा ५ कपिल पन्तको छोरा बर्ष ६ काृे आयुस पन्तलाई ठक्कर दिँदा बालक घाईते भएका छन् ।

टाउकोमा चोट लागेका पन्तलाई उपचारको लागी पाल्पा मिसन अस्पत्ताल पठाईएको श्रृङ्गा प्रहरीचौकीले जनाएको छ । बाटोकाट्दै गरेका पन्तलाई बसको ब्रेक नलागेको कारण ठक्कर दिएको र यात्रुहरुको चापको कारण गाडी प्रहरीको निगरानीमा तम्घास ल्याईएको प्रंहरीले जनाएको छ ।

यता सदरमुकाम तम्घासमको देउरालीमा बस र मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकल चालक घाईते भएका छन् । तम्घासबाट बुटलतर्फ जाँदै गरेको लु १ ख ६७३८ नम्बरको बसले दिउँसो २ बजेतिर लु ६ प ४६३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक तम्घासका २२ वर्षिय किरण राजभण्डारी घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाईते राजभण्डारीको टाउको र हातमा गम्भिर चोट लागेकोले पाल्पा मिसन अस्पत्ताल पठाईएको प्रहरीले जनाएको छ । घुम्टिी मोड्ने क्रममा ति दुई सवारी साधन ठोक्कीएको र बस तथा बस चालक प्रहरीको नियन्त्राणमा रहेको प्रहरीले जनाएको छ ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस