|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गुल्मीको कफी विदेशमा लोकपि्रय

गुल्मी-, आश्विन २८ - जिल्लामा उत्पादित अर्गानिक कफी विदेशमा लोकपि्रय बन्दै गएको छ । विदेशमा माग बढ्दै गएपछि कफी खेती गर्ने कृषकसमेत बढेका छन् ।
यहाँको कफी जैविक मल मात्र प्रयोग गरेर उत्पादन गरिने भएकाले बिदेशमा लोकपि्रय बन्दै गएको हो । अर्गानिक कफी उत्पादन गर्ने किसानलाई जिल्ला सहकारी संघले बजारीकरणमा सघाएकाले उनीहरू कफी उत्पादनमा उत्साहित बनेका छन् । यहाँका झन्डै ४ हजार किसानले उत्पादन गरेको कफी 'गुल्मी अर्गानिक' का नामबाट जापान र कोरियामा बिक्री हुने गरेको सहकारीले जनाएको छ । छ वर्षदेखि ती मुलुकमा निर्यात हुँदै आएको कफीको गत वर्षदेखि अस्टे्रलियाबाट समेत माग आउन थालेको छ ।


यस वर्ष जिल्लामा ९० मेटि्रकटन कफी उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष १२ मेटि्रकटन उत्पादन बढेको सहकारी संघका व्यवस्थापक युवराज आचार्यले बताए । गत वर्ष जापान र कोरियामा ३० मेटि्रकटन कफी निर्यात भएकामा यस वर्ष ४० मेटि्रकटनको माग भएको समेत आचार्यले बताए । '२७ मेटि्रकटन पठायौं,' आचार्यले भने, 'बाँकी पनि पठाउने तयारी भइरहेको छ ।'

विदेशमा अर्गानिक कफीको माग बढेपछि किसानमा समेत उत्साह बढेको आचार्यले बताए । तीन वर्षअघिसम्म जिल्लाका ३०/३५ गाविसमा सीमित कफी उत्पादन अहिले अधिकांश गाविसमा फैलिएको छ । हरेक वर्ष जापान र कोरियाका निर्यातकर्ता किसानको बगैंचासम्मै पुगेर कफी परीक्षण गरेर लैजाने गरेकाले किसान थप उत्साहित बनेका हुन् ।


'जापानीहरू बारीमै आएर कफी खरिद गर्ने भएकाले हामी थप उत्साहित बनेका छौं,' यस वर्षका उत्कृष्ट कफी कृषक बलिथुमका घनश्याम गौतमले भने, 'यो वर्ष मैले मात्र ४० हजारभन्दा बढीको कफी बिक्री गरें ।' उनीसँगै घमिर गाविसका कफी कृषक यमबहादुर कार्कीले पनि विदेशीले सजिलै खरिद गर्न थालेपछि आफूलाई कफी खेतीमै उत्साह जागेको बताए ।

जिल्लाका कृषकले यस वर्ष कफी बिक्रीबाट मात्र झन्डै ८० लाख आम्दानी गरेको सहकारीले जनाएको छ । जिल्लामा यो वर्ष बोक्रा निकालेको 'क' ग्रेडको कफीको मूल्य प्रतिकिलो १ सय ८० रुपैयाँ र सुकेको प्रतिकिलो ८५ रुपैयाँ मूल्य छ । गत वर्षको तुलनामा यस वर्ष प्रतिकिलो १५ रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । अर्गानिक कफीसँगै यहाँ उत्पादित अदुवा, जिरा, धनियाँ, बेसार, खुर्सानीलगायत मसलाजन्य वस्तुहरूसमेत जापान निर्यात हुने गरेको छ ।
यहाँ उत्पादन भएको कफीलाई अस्ट्रेलियाको प्रांगरिक प्रमाणीकरण निकाय -नासा) ले जैविक प्रमाणीकरणको मान्यतासमेत दिएको छ । कफीको अर्गानिक परीक्षणका लागि नासाका विज्ञसमेत प्रत्येक वर्ष उत्पादन स्थलमै आएर जैविक परीक्षण गर्ने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत मणिरत्न अर्यालका अनुसार जिल्लामा १ सय २५ हेक्टरमा अर्गानिक कफी खेती हुँदै आएको छ । प्रत्येक वर्ष कफी कृषकहरू वृद्धि हुँदै गएपछि कार्यालयले कफी नर्सरी उत्पादनसमेत बढाउँदै लगेको छ । यहाँ उत्पादित कफीलाई जापानमा नेपाली बजारो लिमिटेड र कोरियामा त्यहाँको व्यापारिक संस्था ब्युटिफुल स्टोर्सले बजारीकरण गरेर सघाउँदै आएको छ ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस