|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गोष्ठी सम्पन्न

असोज २१ गुल्मी
गुल्मी गुल्मीको बलेटक्सार गाविसमा आज राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र नार्डेक नेपाल गुल्मीको आयोजनामा एच।आई।भी। एड्स सम्बन्धी एकदिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
ग्लोबल फण्डको आर्थिक सहयोग तथा सेफ द चिल्डेन नेपालीका प्राविधिक सहयोगमा नार्डेक नेपालद्धारा संचालित एकिकृत एच।आई।भी। एड्स रोकथाम तथा सहयोग र हेरचाह कार्यक्रम बलेटक्सार गाविस कार्यालय भवनमा नेतृत्व वर्गहरुका लागी उक्त गोष्ठी गरिएको हो ।गोष्ठीमा उक्त संस्थाका सुपरभाइजर धनिश्वर महतले एचआईभीको संक्रमण र त्यसबाट सुरक्षित हुनका लागी राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा भइरहेको प्रयासबारे प्रकास पार्नुभएको थियो । त्यस्तै सो संस्थाका सचिव लोकनाथ आचार्यले संस्थाका कार्यक्षेत्र र उल्लेखनीय कार्यबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा सो संस्थाकी राधा पाण्डे गैरसरकारी महासंघ गुल्मीका अध्यक्ष विष्णु प्रसाद भण्डारी बलेटक्सार उपस्वास्थ्य चौकी प्रमुख हरिकला खरेल स्थानिय राजनितिक दलका प्रतिनिधिहरु शिक्षक व्यापारी आमा समुहका प्रतिनिधिहरुको सहभागीता थियो ।

pm magar
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस