|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

मलेसियामा मृत्युदण्ड पाएका नेपालीलाई बचाउन अपील

क्वालालम्पुर (मलेसिया), आश्विन २२ - गुल्मी
लागु पदार्थ कारोवार गरेको अभियोगमा मलेसियन हाईकोर्टले मृत्युदण्डको सजाय सुनाईएका एक नेपालीलाई वचाउन मलेसियामा रहेका नेपालीहरु कस्सिएका छन । नुवाकोट जिल्ला वर्सुचेत-१ का हरिवहादुर घलेको जीवन रक्षाको पहल गर्न मलेसियास्थित नेपालीले पनि विहीवार अपिल जारी गरेको छ ।
विहीवार दुतावासमा आयोजित पत्रकार भेटघाटमा मलेसियाका लागी नेपालका राजदुत डा. श्रृषि अधिकारीले अपील कोर्टमा घलेको सुनुवाई अक्टोवर २० तारिखका दिन हुने भएकाले घलेको तर्फबाट वकिल राख्नका लागि २० हजार रिंगेट लाग्ने बताए । 'वहसपैरवीका लागि सहयोग गर्न अपील गरेका छौ' उनले भने ।

घलेको तर्फबाट मलेसियन वकिल राजपाल सिंले वहस गर्ने दुतावासका उपनियोग लेखनाथ भटराईले जानकारी दिए । 'हामीले पेश्की स्वरुप वकिललाई केही रकम दिइसकेका छौं, वाँकी रकमको निम्ती पहल गर्दैछौं' उनले भने ।
घलेको पक्षमा अपीलकोर्टमा राम्रो सुनुवाई भएमा आजीवन कारावासको सजाय हुन सक्ने संभावना रहेको जानकारहरु बताउँछन् । गत वर्षको नोभेम्वर २६ तारिखका दिन जलान दुताहाईकोटले घलेको सुनुवाईको लागि अक्टोवर २० तारिखलाई तोकेको थियो । सन् २००३ मा २३ वर्षको उमेरदेखि जेल सजाय भोगीरहेका घले हाल ३० वर्षका भएका छन । हाल उनलाई क्वालालम्पुर नजिकै रहेको काजागको जेलमा राखिएको छ ।

घलेसंगै लागु पदार्थको कारोवार गरेको अभियोगमा जेल सजाय भोगीरहेका साजन गुरुङको १४ जनवरी २०१० दिन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घलेको जीवन रक्षाको लागि सहयोग गर्न दुतावासले मे वैकको खाता न ५१४०५७३११८६५ प्रयोगमा ल्याएको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस