बस दुर्घटनामा डेढ दर्जन बढी
हाम्रोगुल्मी संपादक गुल्मी २७ असोज ।
गुल्मीको रुपाकोटमा आज भएको यात्रुबस दुर्घटनामा डेढ दर्जन भन्दा बढी घाईते भएका छन् । बुटवलबाट गुल्मीको शान्तिपुरतर्फ जाँदै गरेको लु १ ख ६४०७ नम्बरको बस रुपाकोट १, म्यालपोखरामा सडकमै पल्टीदाँ २० जना भन्दा बढी घाईते भएका छन् ।
घाईतेहरुमध्ये ५ जनालाई थप उपचारको लागी पाल्पाको मिसन अस्पत्तालमा पठाईएको र बाँकी सामान्य उपचारपछि घर फर्किएको रुपाकोट उपस्वास्थ्यचौकी ईन्चार्ज हिमलाल भण्डारीले बताउनुभयो । क्षमताभन्दा बढी यात्रुहरु भएको कारण उकालोमा भित्तामा ठोकीएर सडकमै पल्टेको प्रहरीले जनाएको छ भने चालकले मदिरा सेवन गरेका कारण दुर्घटना भएको यात्रुहरुले बताएका छन् । बसका चालक अहिलेसम्म फरार रहेका छन् ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें