|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

तीजदेखि दँशैसम्म झण्डै एक अरब रेमिटेन्स भित्रियो

हाम्रोगुल्मी संपादक गुल्मी २७ असोज ।
गत तीजदेखि दशैंसम्म गुल्मी जिल्लामा झण्डै एक अरब रेमिट्यान्स भित्रिएको छ । सदरमुकाम तम्घासका विभिन्न बैंकहरुमा गत श्रावण देखि हिजो सम्म  विभिन्न बैक मार्फत कुल ९४ करोड ५९ लाख १७ हजार १ सय ६३ रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । रेसुङ्गा विकास बैकबाट मात्रै गत साउन देखि हिजोसम्म ८ हजार ७ सय ५ जनाले विभिन्न मुलुकबाट कुल ४० करोड ९ लाख १७ हजार १ सय ६३ रुपैयाँ पठाएको बैङ्गका महाप्रबन्धक साजन भट्टराईले जानकारी दिनुभयो । सो बैंक मार्फत गत एक महिनामा मात्रै १२ करोड ९० लाख ३७ हजार ५ सय ९९ रुपैयाँ रेमिट्यान्स भित्रिएको उहाँले बताउनुभयो ।
 त्यस्तै गुल्मी बिकास बैंकमार्फत गत तीन महिनामा करिब ३० करोड रेमिटेन्स भित्रिएको वरिष्ठ अधिकृत योगेन्द्र रायमाझिले जानकारी दिनुभयो । गत एक महिनामा मात्रै ११ करोड रेमिटेन्स भित्रिएको उहाँले बताउनुभयो । जिल्लाकै पुरानो सेन्चुरी इन्टरनेशनल मनि ट्रान्सफर तम्घासबाट पनि १२ करोड रेमिटेन्स भित्रिएको प्रबन्धक तेजेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । गत १ महिनामा मात्रै सो सेन्टरमा करिब साढे ४ करोड रेमिटेन्स भित्रिएको उहाँले बताउनुभयो ।
त्यस्तै हिमालय बैंक लिमिटेडको गुल्मी जिल्ला शाखा प्रबन्धक यमकला पाण्डेले दिएको जानकारी अनुसार हिमाल रेमिट मार्फत गत ३ महिनामा  ७ करोड ५० लाख रेमिट भित्रिएको छ । गत एक महिनामा मात्रै सो रेमिटमा २ करोड ४८ लाख ५० हजार ४० रुपैया रेमिटेन्स भित्रिएको उहाँले बताउनुभयो । जिल्लामा पहिलो पटक एटिएम सेवा सहित बैंङ्किङ सेवा सुरु गरेको नेपाल एसविआई बैक लिमिटेड गुल्मी शाखामा भारतबाट एटिएम मार्फत गत ३ महिनामा ५ करोड रेमिट भित्रिएको सो बैकका प्रबन्धक सुमन सुवेदीले बताउनुभयो । गत आइतबार एकैदिनमा भारतबाट ४० लाख रेमिट एटिएम मार्फत सम्बन्धितले झिकेको उहाँले जानकारी गराउनुभयो । यि बैकहरु मार्फत भित्रिएको रकम बाटै झण्डै एक अरब रेमिटेन्स भित्रिएको हाम्रा सहकर्मी प्रेम सुनारले पठाउनुभएको समाचारमा उल्लेख छ । यसबाहेक जिल्लाका रिडि, वामिटक्सार लगायतका स्थानमा पनि अन्य वित्तिय संस्थाहरुबाट पनि रेमिटेन्स भित्रिने गरेको छ । 
एउटै व्यक्तिले २० औं हजारको खुद्रा सटाही, सर्वसाधारण विमुख
भरत पाण्डेय
गुल्मी २७ असोज ।
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गुल्मीबाट समान रुपले खुद्रा पैसा साट्न नपाएको सर्वसाधारणले गुनासो गरेका छन् । सदरमुकामका केही व्यक्तिहरु मध्ये कतिपय एउटै व्यक्तिलाई २० हजार देखि ३० हजार सम्मको खुद्रा नोट सटाई सुविधा दिएपछि अधिकाशं सर्वसाधारण भने त्यो सुविधाबाट विमुख भएको गुनासो गरेका हुन् ।
 हाईपो ऋिण स्वीकृत भएका र अन्य विभिन्न क्षेत्रका पहुचवालाहरुलाई फोनबाटै रु २० देखि ३० हजार सम्मको सटाई सुविधा सो बैंकले दिने गरेको र अन्य सर्व साधारण भने घन्टौ सम्म लाईनमा बस्दा पनि सटही गर्न नपाएको न्यू मालिका फेन्सी स्टोरका प्रोपाईटर दुर्गाचन्द्र बोहराले गुनासो गर्नु भयो ।
 सिमित व्यक्तिहरुले ठूलो रकम सटाई गरी गाऊमा लगेपछि सर्वसाधारणहरुले स्थानीय पसलहरुबाट सयकडा ५÷१० रुपैया कमिशन दिएर सटाई गर्नु पर्ने वाध्यता रहेको गुनासो आएको छ । राष्ट्रिय वाणिज्य बैंक गुल्मीका शाखा प्रवन्धक रुकमाङगत मुडवारीले पनि सबैलाई खुद्रा सटाई सुविधा उपलब्ध गराउन गत १७ गते देखि सुरु गरिए पनि पटक पटक एउटै व्यक्तिले ठूलो रकम सटाई गर्दा चाहेर पनि सबैलाई उक्त सुविधा उपलब्ध गराउन नसकिएको स्वीकार्र्नु भयो ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस