|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

अग्रमनकारी र यथास्थितिवादी शक्तिवीच अन्तरद्धन्दका कारण देशमा राजनैतिक जटिलता देखा पर् यो

सभासद वराल गुल्मी १८ असौज
गुल्मी क्षेत्र नं। १ का सभासद् सुदर्शन बरालले देशमा अग्रगमन चाहने र यथास्थिती कायम गराई टालटुले संविधान लेखेर जनतालाई झुक्काउने शक्तिविच द्धन्द्ध चर्किएका कारण देशमा यस्तो राजनितिक जटिलता देखापरेको बताउनुभएको छ ।जिल्ला विकास समिति र स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेल ललितपुरले तम्घासमा आयोजना गरेको ३५ दिने गाउँ विकास समिति व्यवस्थापन सेवा कालिन प्रशिक्षण तालिमको आज विहान समापन समारोहलाई सम्बोधन गर्दै सभासद् बडालले यस्तो बताउनु भएको हो ।
उहाँले एकले अर्कोलाई आरोप प्रत्यारोप र आवेगमा नआई यसको निकास निकाल्ने चुरो बहास भनेकै अग्रगमन चाहने वा यथास्थितीमै रहने भएकोले यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो । सभापन समारोहका प्रमुख अतिथि सभासद् बडालले यस्तो राजनितिक जटिलताका कारण स्थानिय तह जनप्रतिनिधि विहिन भइरहेको अवस्थामा यसको गम्भिरता बुझेर गा।वि।स। सचिवहरुले काम गर्नुपर्नेमा जोड समेत दिनुभएको थियो । कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी परसुराम अर्यालले विजय दशमी र शुभ दिपावलीको अवसरमा संपुर्ण जिल्लावासीमा शुभकामना व्यक्त गर्दै चाडपर्वको बेलामा चोरी लुटपाट हुन सक्ने भएकोले त्यसतर्फ सचेत रहन समेत आग्रह गर्नुभएको थियो । कार्यक्रममा तालिम संयोजक पुण्यप्रसाद आचार्य पत्रकार महासंघका अध्यक्ष जनार्दन घिमिर गाविस सचिव हकहित माच गुल्मीका अध्यक्ष विष्णु प्रसाद पन्थी तालिममा सहभागी सचिवहरुको तर्फबाट टंक पन्थी गौरा गौतम लगायतले मन्तव्य राख्नुभएको थियो । स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमका् संचालन जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतमले गर्नुभएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस