तिस रुप्पे पाथी माटो
गुल्मी २४ असोज । मोहर पाथी मकै बुढापाकाहरुले बेचेको पनि सुनियो तर अहिले हाम्रा पालामा अन्नको त कुरै छाडौ माटो समेत तिस रुप्पे पाथीमा बिकि्र हुन थालेको छ । गुल्मीको अमरपुर गाविसमा पर्ने दशैमा घर लिप्नका लागि प्रसिद्ध स्थान राङदाल -बुल्माको रातो माटो यतिबेला सदरमुकाम तम्घासमा धमाधम तीस रुप्पे पाथीमा बिकि्र बितरण भईरहेको छ । त्यो पनि नपाएर कतिपयले पहिले नै अडर बुकिङ्घ गरिरहेका छन । केहि बर्ष अघिसम्म राङदाल र बुल्माका कुमाल समुदायले त्यही माटोबाट घैटामटुला लगायतका माटाका भाडाहरु बनाएर जिवीकोपार्जन गर्दथे । तर आजकल उक्त पेसाबाट पलायन हुदै ती समुदायहरुले तम्घास लगायतका बिभिन्न शहर एवं गाउँहरुमा उक्त माटो बेचेर राम्रो आम्दानी गर्न थालेका छन ।
तिस रुपैया पाथी माटो महङ्घो भएन र भन्ने प्रश्नमा उक्त ब्यवसाय गर्ने बुल्माका राम बहादुर कुमाललेू के चिज छोईसकनु छ र भन्ने प्रतिपश्न गदै भने हामीलाई यहि माटो ल्याउदा गाडीले प्रति बोरा ६० रुपैया लिने गर्छन त्यस माथी यसपालीबाट राङदलको एक समितीले एक क्ा माटो उठाउदा तिस रुपैया कर लिन थालको छ अव आफुहरु यो माटो बोकेर पेट पाल्न पनि नसकिने अवस्थामा पुगेका छौ ू ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें