समयमै उपचार नपाउँदा एक सुत्केरी महिलाको मृत्यु
गुल्मी २६ असोज । उच्च रक्तचापवाट पीडित वनेकि एक सुत्केरी महिलाको आज समयमै उपचारको अभावमा मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी घमिर गाउँ विकास समिति आठ स्थित ३५ वर्षीय पुतली विश्वकर्मा रहनुभएको छ । गए राती अपरान्ह १२ वजेको समयमा एक छोरा जन्मेपछि लगातार रक्तश्राव भाएका कारण उनको मृत्यु भएको स्थानीय चन्द्रमा लम्सालले जानकारी दिनु भएको छ । रक्तश्राव वढी भएपछि स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारकोलागि स्मारजस्थल तर्फ ल्याउदै गरेको अवस्थामा मंगलवार दिउँसो उनको मृत्यू भएको हो ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें