|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गुल्मी लोडसेडिङ्गमुक्त जिल्ला घोषणा विद्युतमा लगाईएको ताला खोलीयो

गुल्मी २१ असोज
गुल्मी जिल्ला लॊडसेडिङ्ग मुक्त जिल्ला घोषणा भएको छ । यहाँका उपभोक्ताले नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय गुल्मीमा तालाबन्दी गरेपछि विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय वुटवलले लोड्सेडिङ्ग नगर्ने जानकारी पठाएको हो । क्षेत्रीय प्रमुख राम चन्द्रप्रसाद गुप्ताले प्रतिवद्धता जनाएपछि गुल्मी विद्युत प्राधिकरण शाखा कार्यालयमा लगाईएको ताला समेत खोलीएको छ । जिल्ला प्रशासन कार्यालयमा आज वसेको सर्वपक्षीय वैठकमा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल गुल्मी उद्योग वाणिज्य संघका पदाधिकारी नेपाल पत्रकार महासंघ नागरीक समाज मानवअधिकारवादी संाचार संस्था तथा पत्रकार लगायतका उपस्थिति रहेको थियो ।
लोड सेडिङ्ग नगर्ने सहमति भएपछि कार्यालयमा लगाईएको तालाको चाँपी विद्युत प्राधिकरणका शाखा प्रमुखलाई हस्तान्तरण गरिएको थियो । सहमतिपछि गुल्मीलाई लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गर्ने विद्युत प्राधिकरणले प्रतिवद्धता जनाएपनि प्रतिवद्धता कार्यान्वयन नगरी फेरी लोडसेडिङ्ग शुरु गरेको भन्दै गुल्मीका विभिन्न सरोकारवाला संघ संस्थाहरुले आज विद्युत प्राधिकरण गुल्मीको कार्यालयमा अनिश्चितकालीन तालावन्दी गरेका थिए ।
नेपाल विद्युत प्राधिरणले काली गण्डकी ए प्रभावित गुल्मी जिल्लालाई लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गर्ने र दैनिक रुपमा ३० ÷४० पटक विद्युत अबरुद्ध हुने लगायतका सम्पूर्ण समस्याहरु सुधार गर्ने प्रतिवद्धता जनाएपनि विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएको भन्दै गुल्मी उद्योग वाणिज्य संघ नेपाल पत्रकार महासंघ र नेपाल नागरीक समाजको नेतृत्वमा आज तालावन्दी गि।रएको थियो । विगतमा पटकपटक भएका सहमति कार्यान्वयन गरेर विद्युत नियमित गर्नुको सट्टा विद्युत प्राधिकरणले जनतालाई फेरी लोडसेडिङ्गको समस्या थपेपछि तालावन्दी गरेको र अहिले सहमति पछि उक्त ताला खोल्ने निर्णय भएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले वताए ।

भरत पाण्डेय
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस