|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

माओवादी अन्तरसंघर्षः दाहाल, वैद्य र भट्टराईको 'अग्निपरीक्षा'

आश्विन १९ -
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईका लागि विस्तारित बैठक अग्निपरीक्षा हुने भएको छ । दाहालले दुवैका विचार समेटेर एउटै प्रतिवेदन बनाउने तयारी गरे पनि वैद्य र भट्टराईले तीनवटै प्रतिवेदन बैठकमा राखी छलफल गर्नुपर्ने अडान राखेका छन् ।दाहालले वैद्य र भट्टराईका फरक प्रतिवेदनमा उठाएका विषयलाई समेटेर एउटै बनाउने मनस्थितिमा पुगेको उनीनिकट स्रोतले जनाएको छ । एउटै प्रतिवेदन बनाउन दाहालले दुवै नेतासँग एक चरण अनौपचारिक वार्ता गरे पनि उनीहरूले विस्तारित बैठकमा छलफल गर्ने भनेका छन् ।

जनविद्रोहको तयारी गर्नुपर्ने वैद्य र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी अघि बढ्नुपर्ने भट्टराईको धारलाई एउटै प्रतिवेदनमा अटाउनु दाहालका लागि ठूलो चुनौती बनेको छ । पछिल्लो केन्द्रीय समिति बैठकमा दाहालले दुवै नेताले उठाएका विषयवस्तुलाई समेटेर 'मध्यमार्गी' प्रतिवेदन तयार पारेका थिए ।

वैद्य र भट्टराई विस्तारिक बैठकमा आ-आफ्ना प्रतिवेदन राखी 'अग्निपरीक्षा' दिन चाहन्छन् । त्यसैले एउटै प्रतिवेदन बनाउने दाहालको प्रस्ताव स्वीकार गर्ने पक्षमा उनीहरू छैनन् ।

'दुवै नेता आफूले अघि सारेका कार्यनीतिलाई अग्निपरीक्षाको रूपमा लिएका छन्,' एक स्थायी समिति सदस्यले कान्तिपुरसँग भने, 'तीनवटै प्रतिवेदनको जगमा विस्तारित बैठक हुन लागेको हो, तीनवटैमा छलफल हुनुपर्छ ।'

२०६५ मंसिरमा भएको खरिपाटी बैठकमा दाहालविरुद्ध उपाध्यक्ष वैद्यले छुट्टै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दाहालले दुवै प्रतिवेदनलाई समेटेर नयाँ प्रतिवेदन लेखे पनि आफ्नो खास विचार नसमेटिएपछि वैद्य असन्तुष्ट भएका थिए । यसपटक उनी आफ्नो कार्यनीतिमा सहजै सम्झौता गनर्ेे पक्षमा नभएको उनीनिकट एक नेताले बताए ।्

'विगतको जस्तो टालटुले सहमति नहोस् भन्नेमा उहाँ -वैद्य) सचेत हुनुहुन्छ,' उनले भने, 'आफूले उठाएको कार्यनीतिमा राम्ररी नै बहस होस् भन्ने चाहनुहुन्छ ।'

अर्का उपाध्यक्ष भट्टराई चुनबाङ बैठकपछि दलहरूबीच भएको १२ बुँदे सहमति र गणतन्त्र स्थापनासम्म आफूले अघि सारेको कार्यनीति सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिवेदन विस्तारित बैठकमा बहस गर्ने पक्षमा छन् ।

'हालसम्म सफल कार्यनीतिमा टेकेर ल्याएको दस्ताबेजलाई विस्तारित बैठकमा राख्ने पक्षमा बाबुरामजी हुनुहुन्छ,' उनीनिकट एक पोलिटब्युरो नेताले भने, 'नेता तथा कार्यकर्ताबीच छलफल नभइकन पहिले एउटा बनाउँदा निष्कर्ष निस्कन सक्दैन ।'

माओवादीभित्र तीन नेताले अघि सारेको कार्यनीतिमा छलफल भइरहेको छ ।

नेता तथा कार्यकर्ता तीन नेतातिर विभाजन भएकाले कसैको पनि स्पष्ट बहुमत देखिएको छैन । दुई नेता एकातिर मिलेमा मात्र स्पष्ट बहुमत देखिने अवस्था छ । उनीहरू मिल्ने अवस्था नभएमा दाहाल, वैद्य र भट्टराईबीच सन्तुलनको अवस्था छ ।

पछिल्लो केन्द्रीय समिति बैठकमा दाहालले पार्टीले हालसम्म लिएको कार्यनीति सही भएको भन्दै आफू 'जनविद्रोहको तयारी गर्नुपर्ने' विचार अघि सार्ने वैद्यनिकट रहेको बताएका थिए । त्यसबेला उनले भट्टराईले भनेजस्तो प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, संविधानसभामा टेकेर अघि बढ्नुपर्ने बताएका थिए ।

भारतलाई हेर्ने देष्टिकोणमा दाहाल वैद्यनिकट भए पनि हालसम्मको राजनीतिक परिस्थितिको विश्लेषणमा भट्टराईनिकट देखिन्छन् । अब दाहालले लिने नीति कस्तो हुने भन्ने विषयमा उनले आगामी कार्यदिशासहित तयार पार्ने नयाँ राजनीतिक प्रतिवेदनमा निर्भर हुने एक स्थायी समिति सदस्यले बताए । 'अध्यक्षले अब कसरी प्रतिवेदन तयार पार्नुहुन्छ, त्यसमा भर पर्छ, कुरा मिल्छ कि मिल्दैन ?' ती सदस्यले भने, 'विषयवस्तु समेटिएन भने स्वाभाविक रूपमा फरक दस्तावेज ल्याउनुपर्ने हुन्छ
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस