|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

दिनहुँ सामान चोरिन्छ यात्रुको

आश्विन १९ -
बारम्बार सामान चोरिएर यात्रुले दुःख पाए पनि गम्भीर नभएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले फेरि अर्को आरोप खेप्नुपरेको छ ।
असोज १ गते दुबईबाट फर्किएका दुई नेपाली यात्रुको करिब डेढ लाख रुपैयाँ बराबरको सामान चारिए पनि खोजीमा अधिकारीहरू गम्भीर देखिएका छैनन् ।

'फ्लाई दुबई, नेपाल एयरलाइन्स, प्रहरी र विमानस्थल सामान दाबी केन्द्र सबैतिर सामान हराएको जानकारी गराइसक्यौं,' सामान हराएकामध्ये सरोज कार्कीले भने, 'तर खोजीमा कुनै निकाय गम्भीर भएको छैन ।' उनीसँगै कमल न्यौपानेको पनि सामान हराएको हो ।

विमानस्थलका एक सुरक्षा अधिकारीका अनुसार महिनामा २० भन्दा बढी यात्रुको सामान हराउने गरेको छ । केही समयअघि मात्र बोस्टनबाट आएका यात्रुको करिब अढाइ लाख रुपैयाँ बराबरको सामान हराएको थियो । 'यति हुँदाहुँदै पनि कोही जिम्मेवारी लिन तयार छैन,' तिनले भने ।

नेपाल र न्यौपानेले उनीहरूको झोलाबाट सोनी क्यामेरा, क्यानन हेन्डिक्याम, एचटिसी र सामसुङ मोबाइल हराएको दाबी गरे । 'झोलामा यी समानका बक्स थिए तर क्यामेरा, मोबाइल सेट भने थिएनन्,' न्यौपानेले भने ।

सामानबारे बुझ्न खोज्दा नेपाल एयरलाइन्सको सामान दाबी गर्ने शाखाले गैरजिम्मेवारपूर्ण जवाफ फर्काएको उनले बताए । 'फोन गरेर सोध्दा पेट्रोल खर्च नगर्नुस् तपाईले केही पाउनुहुन्न भने,' उनले थपे, 'जिम्मेवार स्थानमा रहेर यस्तो जवाफ फर्काउन लाज लाग्नुपर्ने हो ।' असोज १ गते उनीहरू दुबईबाट एफजेड ५६९/२९ एसइपी जहाजबाट काठमाडौं आएका थिए ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस