|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

नेपालकै अग्ली युवती सिकिस्त

सिरहा, कार्तिक २९ -
उपचारको अभावमा संभवतः नेपालकै सबैभन्दा अगली ढोढना - २ सिरहाकी १८ वर्षीया उर्मिला चौधरी मृत्युको मुखमा छटपटाई रहेकी छन् ।७ फिट ६ इञ्च उचाई भएकी उर्मिला नेपालकै सबैभन्दा अगली युवती हुन् । स्थानीय सगरमाथा विद्यालयबाट गत चैत्रमा प्रवेशिका परीक्षा दिई घर आएपछि उनले आत्माहत्या गर्न विष सेवन गरेकी थिईन् । धेरै अग्ली भएकोले अब उनी सित कसले विहे गर्ला र शरीरिक हिसावले धेरै खाने भएकोले पनि गाउँका मानिसहरुले हेला गर्ने गरेको र कतैबाट सहानुभूति महसुस नगरेपछि उनले आत्महत्याको प्रयास गरेको उनका छिमेकीहरुले बताए ।

विष सेवनपछि उपचारको क्रममा बी.पी. स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले उनको शरीरमा चिनी -सुगर) रोग लागेको पत्ता लगाएका छन् । चिकित्सकले उनलाई नियमित औषधि सेवन गर्न र खानपिनमा ध्यान दिन सुझाब दिएका छन् ।

घरको कमजोर आर्थिक अवस्थाका कारण औषधि परिवारले किनेर खुवाउन नसक्दा चौधरीलाई बिरामीले च्याप्दै लगेको हो । हिडडुल गर्न नसक्ने अवस्थामा रहेकी उनी ओछ्यानमै दिसा पिसाव गर्न थालेकी छन् । घरको चौपाया बेचेर र गाउँमा ऋण काढेर उपचारमा १ लाख ५० हजार छोरीको उपचारमा खर्च गरेको उनकी आमा चन्नर देवी चौधरीले बताईन् ।

उनी बिरमी परेको थाहा पाएर हेर्न आएका नेपालकै अग्ला राजन अधिकारीले उपचार गर्न सहयोग गर्ने आश्वासन दिएपनि अहिलेसम्म फर्केर नआएको चौधरीले बताईन ।

सवै जना बिरामी हेर्न आउँछन् तर अहिलेसम्म उपचारको लागी सरकारी तथा गैरसरकारी संस्थाले एक पैसा पनि सहयोग नगरेको उनको कथन छ ।

बिरामिले थलिएपनि ५ किलो पिठोको रोटी र १५ लिटर पानी पिउने गरेकोले खानेकुरा समेत जुटाउन हम्मे हम्मे परिरहेको उनको दुःखेसो पोखिन् । उर्मिलको बुवाको सानैमा निधन भएपछि एक छोरा र उनलाई जसोतसो पालन पोषन गर्दै आएको चन्नर देवीले बताइन् । छोरा काठमाण्डौंमा गार्मेन्टमा काम गरेर ल्याएको पैसा समेत उनको खर्चमै सिद्धिने गरेकोले आफूलाई खानसमेत अप्ठयारो हुने गरेको चन्नरदेवीले दुखेसो पोखिन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस