|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

साहित्य समाजले सड्क बालबालिकालाई भाईटिका लगाइ दिने

वेलायत कार्तिक २९ - सरीता थापा (बेलायत )
विश्व नेपाली साहित्य महासङ्घ सम्बद्ध प्रवासी नेपाली साहित्य समाज वेलायत तथा ब्रुनाईले यस बर्ष पनि नेपालका सडक बालबालिकालाई भाईटिकाको साथमा खानपीन गराउने भएको छ ।धरानकी समाजेसेवी निलिफा सुब्बाले विगत केही बर्षदेखि निरन्तर सडक बालबालिकालाई बर्ष दिनको चार्ड तिहारमा अरु अभिभावक भएका नानीहरुले रमाइलो गरि मनाई रहेको बेला आफ्नो भन्ने कोहि नभएका वेसहारा बालबालिकालाई टिका लगाई दिने गरेकी हुन् । गत बर्ष वेलायती सैनिकमा सेवारत गोर्खाली लाहूरेहरुको साहित्यिक संस्था प्रवासी नेपाली साहित्य समाजले झण्डै ३ दर्जन सड्क बालबालिकालाई जाडो महिनालाई मध्येनजर गर्दै ट्रयाकसुट ज्याकेट र ट्राउजर वितरण साथै भाइटिका र खानपीन समाजसेवी सुब्बा मार्फत नै ब्यवस्था गरेको थियो ।
गत बर्षको कार्यक्रमले अझ दायित्व बोध भएको कारण यस बर्ष पनि भाईटिका र खानपीनको लागि साहित्य समाजले २० हजार रुपैया छुट्टाएको कुरा समाजका ससक्त सदस्य जितेन्द्र चेम्जोङले बताउनु भएको छ ।

विभिन्न अवसरहरुमा साहित्य समाजले विविध क्षेत्रमा सहयोग पुर्याउदै आएको छ भने प्रवासमा सकि्रय मध्येको एक सशक्त साहित्यिक यस संस्थाले केही महिना अघि विश्वव्यापी खुल्ला गजल प्रतियोगिता सम्पन्न गरेको थियो जसमा १७७ जना गजलकारहरुलाई सहभागि गराएर किर्तिमान राखेका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस