|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

हत्या अभियोगमा पक्राउ

गुल्मी कार्तिक  २९ - 
श्रीमतीलाई हत्या गरेको आशङ्कामा प्रहरीले एकजनालाई हिरासतमा लिएको छ ।
गत कात्तिक २३ गते लडेर मृत्यु भएको भनिएकी गुल्मी बडागाउँ-१ दोभान निवासी ३१ वर्षीय हरिकला राना कुमाललाई कुटेर हत्या गरेको आशङ्कामा उनका श्रीमान गोकुल भन्ने गगन कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कात्तिक २३ गते बिहान एक छिमेकीको घरको आँगनमा मृत अवस्थामा फेला परेकी रानाको लडेर मृत्यु नभई हत्या भएको भन्दै माइतीपक्षले जाहेरी दिएपछि कुमाललाई प्रहरीले हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रीमती हरिकला घरनजिकैको ढिलबाट लडेर मृत्यु भएको बताएपछि उनलाई सोही दिन बिहान स्थानीयवासीले सनाखत गर्न लागेका थिए ।

तर उनका माइतीपक्षले शव खोलेर हेर्दा मुहार र टाउकोमा निलडाम र चोटैचोट देखेपछि श्रीमानले कुटेर हत्या गरेको हुनसक्ने आशङ्कामा प्रहरीलाई शव पोष्टमार्टमका लागि जाहेरी दिएका थिए ।

सोहीअनुरुप जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले शव पोष्टमार्टम गराई श्रीमान गोकुललाई पक्राउ गरी बुधबार जिल्ला अदालत गुल्मीमा पेस गराएको थियो ।

जिल्ला अदालत गुल्मीले थप तीनदिन म्याद थपी प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस