मुलुक असफल भए दोष माओवादीलाई"
राससगुल्मी (धुर्कोट), कर्तिक ३०
एमाले नेता केपी ओलीले माओवादीकै कारण सबै समस्याहरु देखा परेको उल्लेख गर्दै मुलुक असफल भए त्यसको दोष माओवादीले लिनुपर्ने बताएका छन् ।एमाले प्रचार विभाग गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बैल्दै नेता ओलीले माओवादीका कारण देश स्थानीय निकायविहीन, सरकारविहीन र बजेटविहीन हुनुको साथै शान्ति स्थापना हुन नसकेको दावी गरे । 'अब देश असफल राष्ट्र बन्न गएमा त्यसको जिम्मेवारी पनि माओवादीले नै लिनुपर्दछ' उनले भने ।उनले शान्ति प्रक्रियामा आइसकेपछि विगतमाजस्तो अराजक गतिविधि नगरी जिम्मेवार राजनीतिक पार्टी बन्न माओवादीलाई आग्रह गरे ।उनले माओवादीले देशलाई असफल राष्ट्र बनाउन प्रयास गरेको आरोप लगाउँदै मुलुक असफल भएमा त्यसले कसैलाई पनि फाइदा नहुने पनि बताए ।उनले एमालेले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि अहिलेसम्म सहमतिको अधिकतम् प्रयास गरिरहेको तर सहमति हुन नसकेको र सहमति हुने अबस्था पनि नरहेको बताए ।नेता ओलीले माओवादीको गैरजिम्मेवारी कार्यले संविधान निर्माण कार्य अवरुद्ध भएको बताउँदै हतियारसहितको माओवादीलाई कुनै हालतमा पनि सरकारको नेतृत्व दिन नसकिने बताए । 'सत्ता कब्जाको उद्देश्य राखेकाले माओवादीलाई कुनै हालतमा सरकार चलाउन दिँदैनौँ' उनले भने ।माओवादीले बजेट पास गर्न नदिएर देशलाई असफल राष्ट्र बनाउने प्रयास गरेकाले अध्यादेश जारी गरेरै भए पनि बजेट ल्याउने उनको भनाइ थियो । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें