गुल्मीको बर्मेली माइतीलाई पाहुर
गुल्मी कर्तिक ३०
पाखो पारिलो बारी । मकैको काटेको डाँठमा लहरे बोट । हरियै बोटमा हरियै कोसा । अरुबेला रातै देखिने बारी लहरे बोटले छपक्कै छोपेको छ । त्यही बोटको अहिले चर्चा चलिरहेको छ । तोरी भर्खर फुल्दै छ त गहुँ उम्रिने क्रम छ । यही मौसममा चर्चा छ त्यही लहरे बोट बर्मेलीको ।
चर्चा हँुदैछ बर्मेली यो साल कस्तो होला ? पोहर सालभन्दा कम या बढी । कसैले बढी हुन्छ भनिरहेका छन् त कसैले कम ।
गुल्मीको ग्वादीमा बर्मेलीको चर्चा चलिरहेकै बेला कृषक यमलाल पाण्डे भेटिए बर्मेली बारीमा । बर्मेली कस्तो फल्यो भन्दै बारी चहारिरहेका पाण्डेले भने– कोसा लाग्न त थाल्यो, अझै एक तहरो पानी पाए स्याहारी नसक्नु फल्थ्यो । उनको भनाइमा आकाशबाट पानी पर्यो भने बर्मेली खुबै फल्नेछ । ग्वादीमा पाण्डेको जस्तो बर्मेली अरु कसैको नभएको अडकल बूढापाकाले गरेका छन् । बारीमा फोक्का फोक्का परेर लहरिएको उनको बर्मेलीको बोट साँच्चिकै हेर्न लायक रहेको कृषक शिव बहादुर दंगालले बताए । आफूले पनि आधा बारीभरि बर्मेली लगाएका दंगालले भने– बर्मेली मेरो बारीको पनि राम्रो छ तर पाण्डेको झनै राम्रो रहेछ । उनका अनुसार चर्चा सुन्नेहरू पाण्डेको बर्मेली हेरेर दंग परेका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें