|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

वनभोजबाट फर्किएको बस दुर्घटनामा दुईको मृत्यु, ४० घाइते

धरान, कार्तिक २८ -
धरान नजिकै आपगाछी घुम्तीमा आइतबार साँझ साढे ६ बजे भेडेटारवाट धरानतर्फ आउँदै गरेको को १ ख २०६० नम्वरको वस दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।

सुनसरी र धनकुटाको वीचमा पर्ने भेडेटारमा बनभोज खाएर फर्किंदै गरेको वस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक केशव भट्टराईले जानकारी दिए ।

बसमा चढेका मध्ये ४० जना घाइते भएका छन् । दुर्घटनामा मोरङ मृगौलिया ८ बस्ने ५० वर्षिया पदममाया वस्नेत र मृगौलिया ५ बस्ने १६ वर्षिय शर्मिला चौलागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर छ । १८ जना डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको कारण खुल्न नसके पनि चालकले मादक पदार्थ बढी खाएको हुन सक्ने प्रहरीले जनाएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस