लडाकु माओवादी नियन्त्रण मुक्त
८ माघ, चितवन । माओवादी लडाकु र हतियारलाई शनिबारबाट सेना समायोजन विशेष समितिको मातहतमा ल्याइने भएको छ । लडाकुहरु विशेष समिति मातहतमा ल्याउन चितवनको शक्तिखोरस्थित तेश्रो भिडिजनमा विशेष समारोह हुँदैछ ।शनिवार मध्यान्ह हुने कार्यक्रममा शिविरमा रहेको माओवादीको झण्डा हटाएर राष्ट्रिय झण्डा फहराइने छ । यससँगै लडाकुहरु विधिवत रुपमा मन्त्रिपरिषद अन्तर्गतको विशेष समितिको मातहतमा आएको घोषणा हुनेछ ।
कार्यक्रमलाई प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायतले सम्वोधन गर्नु हुनेछ ।
कार्यक्रममा काङ्ग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल लगायतका शीर्ष नेताहरु, राष्ट्रसंघीय सुरक्षा परिषदका प्रतिनिधिलगायत पनि सहभागि हुनुहुनेछ । यसैगरी प्रधानसेनापति छत्रमान सिंह गुरुङ, नेपाल प्रहरीका प्रमुख रमेशचन्द ठकुरी, सशस्त्रका प्रमुख सनत बस्नेत र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट, मानवअधिकारकर्मी पनि सहभागि हुनुहुनेछ ।
कार्यक्रममा लडाकूहरुले अतिथिलाई सलामी दिने, मार्चपास, सैन्य अभ्यास र कौशलसमेत प्रस्तुत गर्ने कार्यक्रम छ ।
कार्यक्रमका लागि शिविरको मुख्य गेटदेखि कार्यक्रमस्थल खेल मैदानसम्ममा एक दर्जन बढी स्वागतद्वार निर्माण गरिएको छ । भरतपुरदेखि शक्तिखोरसम्म १५ किलोमिटर सडकमा नेपाली सेना र दुबै प्रहरीले गस्ती गरेका छन् । शिविरको जङ्गल क्षेत्रमा नेपाली सेनाले विशेष पहरा दिएको छ भने शिविरभित्र भने लडाकुकै सुरक्षा प्रबन्ध मिलाइएको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें