तलब नपाएपछि शैक्षिक हड्ताल
८ माघ,कञ्चनपुर ।तीन महिनादेखि तलब नपाएको विरोधमा कन्चनपुरका शिक्षकहरुले शैक्षिक संस्था बन्द आह्वान गरेका छन् । गत कात्तिकदेखि हालसम्म तलब नपाएको जनाउँदै अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले शैक्षिक हडताल आह्वान गरेका हुन् । शिक्षक सङ्गठनको शैक्षिक हडतालका कारण जिल्लाका सम्पूर्ण सरकारी र सामुदायिक विद्यालयहरु बन्द भएका छन् । तलब निकासीका लागि शिक्षा कार्यालयलाई बारम्बार जानकारी गराउँदासमेत बेवास्ता भएपछि बाध्य भएर सङ्घर्षमा उत्रिनु परेको अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष विक्रम चौधरीले बताउनुभयो । तत्काल तलब उपलब्ध नगराइए कडा सङ्घर्षका कार्यक्रम ल्याउन बाध्य हुने उहाँले चेतावनी दिनुभयो । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें