|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

साधारण सभा सम्पन्न

गुल्मी माघ १४-धुर्कोट बहुमुखी क्याम्पस धुर्कोट वस्तु गुल्मीको दोस्रो साधारण सभा सम्पन्न भएको छ। पुर्व सांसद शिक्षा प्रेमी टङक प्रसाद पोखे्रलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्याम्पस प्रमुख डा. नातिमैँया मानन्धर शर्मा भण्डारी, सहायक क्याम्पस प्रमुख मोतिलाल शर्मा, वस्तु गाविस सचिव श्रीराम पाण्डे, शिक्षक अविभावक सघंका अध्यक्ष बोमलाल भण्डारी, जगुलाल भागिरथा स्मृति कोषका अध्यक्ष भुवनेश्वर प्रशाद भण्डारी, एकीकृत नेकपा माओवादिका खिमानन्द भण्डारी, नेपाली कांग्रेसका लालमणी भण्डारी, नेकपा एमालेका बुद्धि बहादुर सुनार, जनमोर्चाका झविन्द्र भण्डारी, शिक्षक सघं गुल्मीका अध्यक्ष पे्रम भण्डारी, क्याम्पस सञ्चालक समितिका सदस्य युवराज भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै कार्यक्रममा स्वतन्त्र बिद्यार्थी युनियनका सभापति नारायण प्रसाद पाण्डे, सचिव अच्युत पन्थी, जनज्योती क्याम्पस पुर्कोट गुल्मीका शिक्षक देविराम भुसाल, धुर्कोट बहुमुखी क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष केशवराज भण्डारी लगाएतले मन्तव्य राख्दै शिक्षाको क्षेत्रमा बिषेश योगदान पु¥याउनु भएका स्वर्गिय परमानन्द भण्डारीको योगदानको प्रसंशा गर्नु भएको थियो । साथै धुर्कोट बहुमुखी क्याम्पसलाई स्वर्गिय परमानन्द भण्डारीको नामबाट उहाँका छोरहरुले ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुहुनेभएकोले धुर्कोट बहुमुखी क्याम्पसको नामलाई परिवर्तन गरी धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस नामाकरण गर्ने निर्णय समेत गरीएको छ । साथै स्वर्गिय भण्डारीले रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीको हाल प्रमुख भवन एक करोड भन्दा माथि पर्ने जग्गा दान, धुर्कोट बहुमुखी क्याम्पसमा चार लाखको रघुलाल भागिरथा स्मृतिकोष स्थापना लगाएत हिमालय उच्च माधयामिक बिद्यालय वस्तु, पाञ्चायन उच्च माध्यामिक बिद्यालय जैसिथोक, ईन्दिरा माध्यामिक बिद्यालय धुर्कोट रजस्थल, धुर माध्यामिक बिद्यालय रजस्थलमा पु¥याउनु भएको बिषेश योगदान तथा शिक्षाको क्षेत्रमा गर्नु भएको उदाहरणिय कामको कार्यक्रका सहभागिहरुले चर्चा गरेका थिए ।
कार्यक्रममा धुर्कोट बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको रुपमा रहि बिद्यालयमा निशुल्क सेवा दिदैँ आउनु भएकी क्याम्पस प्रमुख डा. नातिमैँया मानन्धर शर्मा भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै बि एड प्रथम बर्षको शिक्षा सङकायमा उत्कृष्ट हुने बिद्यार्थी बाबुराम पोख्रेल, जगुलाल भागिरथा स्मृतिकोष पुरस्कार हिमालय उच्च माध्यामीक बिद्यालयका बिद्यार्थीलाई सम्मान स्वरुप पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा ८१ लाख ९ हजार छ सय ३६ रुपैँया बराबरको बार्षिक आर्थिक प्रतिवेदन क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण प्रसाद भण्डारीले प्रस्तुत गर्नु भएको थियो । पुर्व सासंद रुद्रमणि शर्मा भण्डारीको बिषेश आतिथ्यता रहेको कार्यक्रम सहायक क्याम्पस प्रमुख मोतिलाल शर्माको स्वागत मन्तव्य र शिक्षक कृष्ण प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको पत्रकार अर्जुन भण्डारीले जानकारी दिनु भएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस