|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

महोत्सब तैयारी तिब्र

गुल्मी माघ १४-पर्यटन वर्षको अवसर पारेर जिल्लाका पर्यटकीयस्थलको पहिचान, प्रवर्द्धन र संस्कृति संरक्षणका लागि गर्न लागिएको पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ ।समाज विकास, पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र, नेपालले फागुन १९ देखि २१ सम्म तम्घासमा गर्न लागेको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक महोत्सवको प्रचारप्रसारसँगै तयारी तीव्र पारिएको हो ।ठूलोलुम्पेक, तम्घास, सिमलटारी र रिडीमा अन्तर्त्रिmया गरेर त्यस क्षेत्रका धार्मिक, पर्यटकीयस्थलहरूको पहिचान, संस्कृतिको संरक्षण र विकासका लागि विवरण संकलन गरिएको संस्थाका अध्यक्ष अशोक थापाले बताए । थापाका अनुसार तीन दिनसम्म चल्ने महोत्सवमा जिल्लाको ऐतिहासिक, प्राकृतिक, पुरातात्त्विक र धार्मिक क्षेत्रहरूको प्रचारप्रसार महत्त्वको बारेमा जानकारी गराइनेछ ।महोत्सवमा जातीय पहिचानका भेषभूषा, स्थानीय उत्पादन, यहाँका जैविक विविधताको पहिचान एवं संरक्षण, सांस्कृतिक कार्यक्रम लगायत पनि प्रदर्शन हुने संस्थाले जनाएको छ । गैरसरकारी संस्थाले पर्यटन महोत्सव आयोजना गरे पनि यहाँका अन्य कसैले पर्यटन वर्षको अवसरमा अहिलेसम्म कुनै कार्यक्रम गरेका छैनन् । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस