|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

माघी महोत्सव हस्तीचौरमा पनि

गुल्मी,माघ २-पी.एम.मगर
माघे सक्रान्तिको अवसरमा गुल्मीको हस्तीचौर गाविसमा पनि आज माघी पर्व तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद गुल्मीका अध्यक्ष वालसिँह काउछाले आदिवासी जनजातिहरु परम्पराकाल देखिनै हरेक क्षेत्रमा अतिक्रमित हुँदै आईरहेकोले अवको अवस्थामा सहेर वस्ने स्थिति नरहेको वताउनुभएको छ । उहाँले जनजातिहरु आफ्नो हक अधिकार सुनिश्चितताका लागि एक भएर अगाडी वढ्नुपर्ने वेला आएको वताउनुभयो । अवको संविधानमा जनजातिहरुको माग अनुसार अधिकारहरु सुनिश्चत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।नेपाल आदिवासी जनजाति गाउँ समन्वय परिषद, हस्तीचौर गुल्मीको आयोजनामा भएको माघे सक्रान्ति महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष काउछाले आदिवासी जनजातिहरुको पहिचानको रुपमा रहेको विभिन्न साँस्कृतिक, धार्मिक, कला, भाषा तथा ऐतिहाँसीक कुराहरुलाई सधै जोगाएर राख्न पनि आग्रह गर्नुभयो । माघी महोत्सवको अवसरमा चर्चित लोक गायक वैकुण्ठ महत, गायिका सिता राना लगायतले दर्शकहरुलाई गीत संगीतद्वारा मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै नेपाल मगर संघ र नेपाल कुमाल समाज सुधार समिति हस्तीचौर गुल्मीको आयोजनामा लोपोन्मुख सोरठी नाँच प्रस्तुत गरिएको थियो । कार्यक्रममा गुल्मीको हस्तीचौर, वडागाउँ, नयाँगाउँ, अर्खले, तमघास, वस्तु लगायतका क्षेत्रवाट सर्वसाधारणको सहभागीता रहेको थियो ।कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ गुल्मीकी अध्यक्ष कमला पुन, नेपाल तमु छोँज धी गुल्मीका सल्लाहकार गन वहादुर गुरुङ लगायतले पनि माघी पर्वको वारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विभिन्न जातीय संस्थाका प्रमुख तथा प्रतिनिधी, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधी, पत्रकार, सञ्चारकर्मी लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति गाउँ समन्वय परिषद हस्तीचौर गुल्मीका अध्यक्ष टिका रेश्मीको सभापतित्व, परिषदका उपाध्यक्ष खुमवहादुर कुमालको स्वागत मन्तव्य तथा पी.एम.मगर र यम खत्रीको सम्पन्न भएको थियो । माघे सक्रान्ति पर्वकै अवसरमा गुल्मीकै वडागाउँ गाविसमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस