साइन स्टारको वार्षिकोत्सव शुरु
गुल्मी,माघ २ पी.एम.मगर
न्यू साईन स्टार इङ्गिलश वोर्डिङ्ग स्कुल, अर्लाङ्गकोट गुल्मीको १६ औँ बार्षिकोत्सव तथा खेलकुद दिवसको पहिलो दिन शनिबार विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।अन्तर प्रावि स्तरीय वेलुन रेश प्रतियोगितामा न्यू साईन स्टार ईंग्लिश वोर्डिङ्ग स्कुल प्रथम, विष्णु प्रावि पदमपाटा वाग्लुङ्ग द्धितीय र जनजागृति उच्च मावि काँडेवास वाग्लुङ्ग तृतिय भएका छन् भने अन्तर प्रावि स्तरीय पुच्छर तान दौडप्रतियोगितामा सितापुर माध्यमिक विद्यालय अर्लाङ्गकोटले प्रथम र द्धितीय स्थान प्राप्त गरेको थियो भने ददल्का निमावि ददल्का गुल्मी तृतीय भएको थियो । त्यस्तै अन्तर विद्यालय लोकगीत तथा नृत्य प्रतियोगीतातर्फ न्यू साईन स्टार इङ्गिलश वोर्डिङ्ग स्कुल प्रथम, जनजागृति उच्च मावि काँडेवास द्धितीय र ददल्का निमावि ददल्का तृतिय भएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँडेवास वाग्लुङ्गका श्रोत व्याक्ति वोमवहादुर थापा, समाजसेवी रेशमवहादुर वुढाठोकी, सेयर सदस्य महाविर वस्नेत, अभिभावक नारायण पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै वामी श्रोत व्याक्ति तेजेन्द्रवहादुर बुढाथोकी, सेयर सदस्यहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रम शुरु हुन सरस्वती पुजाको आयोजना गरिृएको थियो भने विद्यार्थीहरुको पीटी प्रर्दशन तथा मार्चपास पनि प्रस्तुत गरिएको थियो ।
शिक्षिका तारावहादुर बुढाथोकी र विद्यार्थी क्षितीज सलामी मगरको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन भने शिक्षक सोम दर्लामी र शिक्षिका कविता शर्माले गर्नुभएको हाम्रा सहकर्मी कालीदास खरेलले जानकारी दिनुभएको छ । सोही अवसरमा आज विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए भने भोली पनि विभिन्न प्रतिस्पर्धात्मक खेल तथा सांस्कृतिक कार्यक्रमहरु रहने वताइएको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें