रिडीमा भक्तालुहरुको घुँईचो
गुल्मी,माघ १- माघे संक्रान्ति पर्वको अवसरमा आज गुल्मीको धार्मिक क्षेत्र रिडीको काली गण्डकि नदिमा श्रृद्धालु भक्तजनहरुको घुँईचो लागेको छ ।गुल्मीको मुख्य धार्मिक स्थल रिडी स्थित कालीगण्डकी नदिमा विहानैदेखि नुहाउन र ॠषिकेष मन्दिरमा पुजाआजा गर्नेहरुको विहानैदेखि निकै भिड लागेको छ । नेपालका चार धाम मध्यको रुरु क्षेत्रको कालीगण्डकी नदिमा नुहाएपछि आफुले अन्जानमा गरेका सम्पूर्ण पापहरु नाश हुने मान्यताका साथ गुल्मी लगायत पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, पर्वत, वाग्लुङ्ग लगायतका जिल्लाहरुवाट आज नुहाउनका लागि आउने गर्दछन् । गुल्मी, पाल्पा, र स्याङ्जा जिल्लाको संगम स्थल रिडीमा रुरु कन्याले भगवान् नारायणको कठोर तपस्या गरेको र यसवाट प्रसन्न भएपछि भगवान प्रकट भएर वर माग भन्दा रुरु कन्याले यो क्षेत्र ॠषिकेषको नामले प्रसिद्ध होस्’ भन्ने वरदान मागेपछि भगवान् विष्णु ॠषिकेषको रुपमा रिडी क्षेत्रमा बिराजमान भएको किंवदन्ती समेत रहेको छ । विशेषत माघे संक्रान्तिको अवशरमा रिडीमा ठूलो मेला लाग्ने गर्दछ । प्रत्येक संक्रान्तिमा ॠषिकेष भगवानको दर्शन गरेमा देहात्मा सिद्ध र मुक्ति प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । माघे संक्रान्तिको अवसरमा रिडीमा राडीपाखी, नाङ्ला, वासका सामग्रीहरु, ओखरका घाँजी लगायत अन्य कृषि उपजहरु तथा समेत व्यापार हुने गर्दछ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें