|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

खेताला राख्ने शिक्षकलाई कारवाही

बाजुरा, माघ १६ - खेताला शिक्षक राखेर सित्तैमा तलवभत्ता खाँदै आएका बाजुराको सरकारी विद्यालयका शिक्षकहरुलाई कारर्वाही गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विभिन्न विद्यालयका तीन जना शिक्षकलाई कार्वाही गरिएको जिशिकाले जनाएको छ । जिल्ला शिक्षा अधिकारी शुरेन्द्र पराजुलीका अनुसार माहादेव निमावि मनीकाँडामा प्रावि तहका शिक्षक रणवहादुर थापालाई स्पष्टीकरण सहित तलवभत्ता रोक्का गरेको छ भने देवस्थली निमावि जुगाडाका शिक्षक दलवहादुर शाहीलाई स्पष्टीकरण सोधी एक वर्ष असाधारण विदामा राखेको छ । यसैगरी नेपाल राष्ट्रिय मावि जडाङ्गाका शिक्षक शिवभक्त उपाध्यायलाई विभागीय कारवाही गरी सरुवा गरिएको छ ।

यि शिक्षकहरु विगत एक वर्षदेखि विद्यालयमा अनुपस्थित रहँदै आएको बुझिएको छ । उनीहरुले आफ्नो सट्टामा स्थानीय ब्यक्तिहरुलाई आफूले पाउँदै आएको पारिश्रमिकबाट न्युनतम् रकम दिएर उनीहरुलाई नै काम लगाउँदै आएको कार्यालयले जनाएको छ । खेताला शिक्षकहरुलाई मासिक तीनदेखी चार हजार रुपैयाँसम्म दिने गरेको पाइएको पराजुलीले जनाए । 'शिक्षा नियमावली अनुसार कारवाहीको प्रक्रिया अगाडी वढाएका हौं' पराजुलीले भने । अन्य विद्यालयमा समेत यस्तो भेटिए कडा कारर्वाही गरिने उनले बताए ।

कार्यालयले खेताला राख्ने शिक्षकहरुलाई कार्वाही सुरु गरेको भएपनि खेताला राख्ने सबै शिक्षकहरु अझै कार्वाहीको दायरामा ल्याउन सकिएको छैन् । अन्य केही विद्यालयमा समेत खेताला शिक्षक कार्यरत नै रहेको बताइन्छ । स्थानीय अभिभावकले दिएको जानकारी अनुसार कालिका प्रावि वाई फैतामा कार्यरत शिक्षिका कल्पना मल्लले खेताला शिक्षक राख्दै आएकी छिन् । यस्तै, कर्णाली प्रावि छापूका शिक्षिका दिलमाया भण्डारीले समेत खेताला शिक्षक राखि गएको दशैंदेखि वैशाखसम्म वाहिर वस्ने शर्तमा विदा लिएको वताईएको छ ।

खेताला शिक्षक राख्नेहरुले समुदायकै केही अगुवाको मिलेमतोमा काम गर्ने गरेको बताइन्छ । खेताला बस्नेहरुको न्यूनतम शैक्षिक मापदण्ड समेत नहुने गरेको बताइन्छ ।

शिक्षकहरुले चौमासिक रुपमा तलवभत्ता बुझ्ने गर्दछन् । तलव बुझ्ने बेला भने विद्यालय पुगेर विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसंग मिलेर कामै नगरी तलब लिने गरेका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस