|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

वावुको मृगौलाले काम नगरेपछि छोरीहरु विचल्लीमा

गुल्मी माघ ६- दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारको अभावमा गुल्मी सिमीचौरका एक युवा सहित उनका तीन छोरी विचल्लीमा परेका छन् ।सिमीचौर गाविस वार्ड नं. २ का कृष्णवहादुर वस्नेतका दुवै मृगौलाले काम गर्न छाडेका छन् । आर्थिक अभावका कारण उपचार गराउन नसकेपछि उहाँकी श्रीमतिले समेत छाडेकाले उहाँका १३, ९ र ६ वर्षीया छोरी विचल्लीमा परेका हुन् । एक वर्ष अगाडी कृष्णले काठमाण्डौको जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा दुवै मृगौलाको अप्रेशन गरी पत्थरी निकाल्नु भएको थियो । उहाँको अप्रेशन र उपचार खर्चमा करीव ८ लाख खर्च लागेको छ । अप्रेशन गरेको १० महिनामै दुवै मृगौलाले काम गर्न छाडेपछि आमाको मृगौला प्रत्यारोपण गर्न खोज्दा समुह नमिलेपछि थप समस्याको स्थिति सृजना भएको छ ।अस्पतालले कृष्णलाई वि पोजेटिभ समुहको मृगौला आवश्यक पर्ने वताएको कृष्णका वावु देववहादुर वस्नेतले वताउनुभएको छ । छोरा कृष्णको केही गर्न नसक्ने स्थिति भएपछि छोरा र नातिनीहरुको भविष्य अन्धकार हुने भएकाले वस्नेतले मृगौला दान गर्न कोही इच्छुक भए सहयोग गरेर छोराको जीवन वचाई दिन आग्रह समेत गर्नुभएको छ । तीन नातिनी र छोरा कृष्णको जीवन रक्षाका लागि सहयोग गर्न इच्छुक भए सदरमुकाम तमघासमा रहेको एसवीआई वैँकमा रहेको खाता नं. ००२०९१५४०७००३५ मा आफुले सक्दो रकम सहयोग गर्न सवैमा अनुरोध गर्नुभएको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस