|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

वालवालिकालाई वाल श्रमिकको रुपमा नलगाउन आग्रह

गुल्मी माघ ६- जिल्ला वाल कल्याण समिति गुल्मीले गुल्मी जिल्लामा वालवालीकाहरुलाई वालश्रमीकका रुपमा काममा नलगाउन आग्रह गरेको छ ।जिल्ला वाल कल्याण समिति गुल्मीका अध्यक्ष नन्दराम भुसालको अध्यक्षतामा आज वसेको वैठकले उक्त आग्रह गरेको हो । वैठकले ससाना वालवालीकाहरुलाई वाल श्रमीकको रुपमा काममा लगाउदा उनीहरुको वाल अधिकार हनन् हुने भन्दै त्यस्ता वालवालीकाहरुलाई विद्यालय पठाउन र अभिभावकहरु जिम्मेवार वन्न समेत आग्रह गरिएको छ । वैठकले जनहितकालागि वालश्रमलाई निरुत्साहीत गर्नको लागि रेडियो रेसुङ्गा र जिल्ला वाल कल्याण समिति गुल्मीको सहकार्यमा वालश्रम निरुत्साहित गर्नको लागि सन्देश मूलक रेडियो सामग्रि समेत प्रशारण गर्ने निर्णय गरेको छ । समितिले चाँडै नै सदरमुकाम तम्घास लगायत गुल्मी जिल्ला भित्रका वालसञ्जालहरुलाई भेला गरि तम्घासमा एकदिने कार्याशाला गोष्ठिको आयोजना गर्ने समितिका अध्यक्ष नन्दराम भुसालले वताउनु भयो । वैठकमा दानवहादुर केसी, विष्णुप्रसाद पन्थी, जनार्दन घिमिरे, गणेश विश्वकर्मा, अमृता कुँवर, सिता पोख्रेल, उमानाथ पन्थी लगायतको सहभागिता रहेको थियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस