|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

प्यारामोटर दुर्घट्नामा

पाल्पा, माघ ६- - नेपाल हवाई खेलकुद संस्थासंगको सहकार्य र एभिया क्लवको प्राविधिक सहयोगमा प्यारामोटरको विशेष उडान तथा प्रदर्शनी गर्न लाग्दा अल्ट्रालाईट तानसेन टुडिखेलमा दुर्घटनामा परेको छ । टवलबाट तानसेन आएको अल्ट्रालाईट टुंडिखेलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । रसियन अल्ट्रालाईट चालक एलेकजेण्डर म्याक्स र सन्त लामिछाने अल्ट्रालाईटमा थिए ।

दुर्घटनामा परेको अल्ट्रालाईट गरुणदलको व्यारेकको तारमा ठोक्किएको थियो । तानसेन टुडिखेलमा रहेको वास्केटबल कोर्टले गर्दा र मौसममा आएको खरावीले दुर्घटनामा परको रसिएन चालक म्याक्सले बताए ।

मौसमकै कारण दुर्घटनामा परेको दाबी उनको थियो । पाल्पाको आकाशमा पहिलो पटक प्यारामोटर्स र प्याराग्लाईडिङ्ग गर्न लाग्दा अल्ट्रालाईट दुर्घटनामा परेको हो । काठमाण्डौबाट हेटौडा, भरतपुर, नवलपरासी, लुम्विनी, वुटवलहुँदै टोली पाल्पा आएको हो ।

पाल्पा उद्योग वाणिज्य संघले स्थानीय संयोजन गरेको कार्यक्रममा सहभागी १० देशका ५५ जनाको टोलीलाई फुलमाला, पाल्पाली ढाकाले स्वागत गरेका थिए । टोलीले पोखरामा पुगेर समापन गर्नेछ । नेपाल पर्यटन वर्ष २०११ को अवसरमा एभिया क्लव नेपाल र नेपाल एअरस्पोर्ट एशोसियसनको आयोजनामा २५ राष्ट्रका पाईलट सहितको टोली पाल्पा आएका हुन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस