|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

जग्गाको भाउ बर्षमा दोब्बर भन्दा बढी

गुल्मी, माघ ०५-शका प्रमुख शहरी क्षेत्रमा उर्लेको जग्गाको भाउ घट्न थालेको बेला गुल्मीको तम्घास र अर्घाखाँचिको सन्धिखर्कमा भने भाउ आकासिएको छ।गुल्मी सदरमुकाममा पनि जग्गाको भाउ एक वर्षमा दोब्बर बढी भएको छ। तमघासको धागिथुममा गएको वर्ष ३० हजार हातमा बेच्न खोज्दा नबिकेको जग्गा अहिले ८० हजारमा किन्न आइरहेको स्थानीय कृष्ण थापाले नागरिकलाई बताए। तमघासको खानीगाउमा गत वर्ष ५० हजार हातमा पाइने जग्गा अहिले १ लाख रुपैंयामा पाइन मुश्किल छ। तमघासमा जग्गा किन्न खोज्ने ग्राहक धेरै आएकोले भाउ उर्लिएको स्थानीय बासिन्दा समेत रहेका मालपोत कार्यालयका कर्मचारी गोर्कण मरासिनीले बताए।
दुईबर्ष अघिदेखि उर्लिन थालेको सन्धिखर्कको जग्गाको भाउ अहिले चार गुणासम्म बढेको पाइएको छ। गुल्मी सदरमुकाम तमघासमा भने गत वर्षदेखि जग्गाको भाउ उकालो लाग्न थालेको हो। तमघासमा गत वर्ष भन्दा अहिले जग्गाको भाउ दोब्बर छ।
दुई वर्ष अघि सन्धिखर्कको मेनरोडमा १ लाख रुपैंया मिटर पाइने घडेरी अहिले ५ लाख रुपैंयाँ पुगेको छ। गत वर्षसम्म ३० हजार मिटरमा पाइने छेउछाउको जग्गा अहिले ८० हजार पुगेको छ। सन्धिखर्क र चुत्रावेंसीमा ग्राहकले घडेरी पाउन नसकेपछि जग्गा व्यवसायीले खरवारी किनेर प्लटिङ गरेका छन्। डोजर र स्क्याभेटर प्रयोग गरी जथाभावी जमिन सम्याएका छन् ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस