|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

लडाकुले भने- सत्ता प्राप्तिको माध्यम नबनाइयोस्

माघ ९ - लडाकु व्यवस्थापनको विषयलाई सत्ता प्राप्तिको माध्यम मात्र नबनाउन शिविरका लडाकुहरूले नेतृत्वलाई चेतावनी दिएका छन् ।प्रधानमन्त्रीमातहतको विशेष समितिअन्तर्गत रहनु सकारात्मक भन्दै उनीहरूले अब लडाकु व्यवस्थापनको स्पष्ट खाका ल्याउन पनि माग गरेका छन् । 'हामीले धेरै पर्खिसकेका छौं । अब अलमल नहोस्,' समिति मातहतपछि दलहरूले प्याकेजमा समायोजन प्रस्ताव ल्याउनुपर्ने सुझाव राख्दै सातौं डिभिजनका कार्यवाहक कमान्डर जीवन बुढाले आइतबार कान्तिपुरसँग भने । उनले सत्ता प्राप्तिका लागि लडाकुको भूमिका कमजोर नपार्नसमेत आग्रह गरे । 'व्यवस्थापनको मुद्दा सत्ताको खेलको माध्यम नबनोस्,' उनले दलको पूर्ण सहमतिमा चाँडै प्याकेज आउने विश्वास राख्दै भने । तौं डिभिजनकै बटालियन कमान्डर टंक तिमिल्सिनाले समितिमातहत आइसकेपछि पहिलेजस्तो पार्टीको निर्णय मान्नैपर्ने बाध्यता नरहेको प्रस्ट पारे ।'अब सरकारले ल्याएको प्रस्तावमा जनमुक्ति सेनाले छलफल गर्नेछ । दुई पक्षबीच मात्र छलफल हुन्छ,' उनले भने । प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालको शनिबारको मन्तव्य सुनेपछि समायोजन हुनेछ भन्नेमा आफूहरू ढुक्क भएको अधिकांश लडाकुले प्रतिक्रिया दिए ।'उहाँहरूको कुरा सुन्दा निकै खुसी लागेको छ, बेथान स्मृति बि्रगेडका होमनाथ ढकालले भने, 'यो दिनको खुसी सधैंभर हुनुपर्छ ।' क्रान्तिका बेला हरेक मापदण्डबाट छानिए पनि अहिले त्यसलाई प्याकेजमा छलफल गर्न सकिने पनि तिमिल्सिनाले बताए ।'कसको इच्छा के छ भनेर सरकारले बुझ्न आउनुपर्‍यो । हामीले आफ्ना कुरा भन्छौं,' उनले भने । तेस्रो शिविरका बि्रगेड कमान्डर खिमबहादुर बुढाथोकीले लडाकु व्यवस्थापन निष्पक्ष र न्यायपूर्ण हुनुपर्ने बताए । उनले भने, 'विदेशी शक्तिलाई सार्थक उपलब्धि देखाउन समायोजन पुनःस्थापना सकेसम्म चाँडो गर्नुपर्छ ।' हामीलाई विशेष समितिमातहत आउँदा झनै खुसी लागेको छ, दिनेश राम्जी स्मृति बि्रगेडका लडाकु निरज मोक्तानले भने, 'यो काम अहिलेसम्मकै महत्त्वपूर्ण लागेको छ ।' उनले विदेशी शक्तिलाईभन्दा स्वदेशी संयन्त्रलाई विश्वास गर्ने उल्लेख गर्दै भने, 'हाम्रो भविष्य राम्रो बनाएर समायोजन काम हुनेछ भन्ने लागेको छ ।'अबदेखि त हामी पनि अर्धसरकारी सैनिकजस्तै हौं भन्ने लागेको छ, बेथान स्मृतिका लडाकु श्याम श्रेष्ठले भने, 'हिजो सरकारले हामीलाई त्यति वास्ता गर्दैनथ्यो, अब उनीहरूलाई दायित्व थपिएको छ ।'
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस