कांग्रेस-एमालेद्वारा चक्रीय प्रणालीको प्रस्ताव, माओवादीद्वारा अस्वीकार
माघ १० - राष्ट्रिय सहमतिको नेतृत्वका लागि प्रमुख तीन दलबीच मध्यमार्गी उपाय खोज्ने प्रयास भएको छ । कांग्रेस-एमालेले सोमबार बसेको तीन दलको बैठकमा चक्रीय प्रणालीबाट सहमति जुटाउन प्रस्ताव राखेका थिए । तर माओवादीले चक्रीय प्रणालीमा छलफल गर्नुअघि मंगलबार दुई पक्ष र बुधबार तीन दलबीच विस्तृत छलफल गर्ने माग राखेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो । माओवादी अध्यक्ष्ा पुष्पकमल दाहालले ठूलो पार्टीको हैसियत, शान्ति प्रक्रिया र संविधान निर्माणलाई सहज रूपमा टुंगाउन पनि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने माग दोहोर्याएका थिए । शिविरमा रहेका लडाकुहरू विशेष समिति मातहत आइसकेको नयाँ परिस्थितिमा सरकारको नेतृत्व आफूले पाउनुपर्ने धारणा उनको थियो । कांग्रेस/एमालेले भने शान्ति प्रक्रियाअन्तर्गत लडाकु समायोजन र पुनःस्थापना कार्य सुरु नहुँदासम्म माओवादीबाहेकको नेतृत्वमा सहमतीय सरकार बन्नुपर्ने प्रस्ताव राख्दै आ-आफ्नो दलको नेतृत्व हुनुपर्ने दाबी गरेका थिए । दलहरूको आ-आफ्नै अडानका कारण थपिएको अवधि बुधबारसम्म सहमतीय सरकार बन्ने सम्भावना कम देखिएको छ । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले नेतृत्वका लागि तीन पार्टीको अडान यथावत् रहेकाले सहमति हुन नसकेको जनाए । 'सबैका आ-आफ्ना दाबी छन् । त्यसैमा गएर कुरा अडकएको छ,' पौडेलले भने, 'समय हुँदासम्म अनौपचारिक र औपचारिक छलफल गरेर सहमति जुटाउने प्रयास जारी रहनेछ ।'एमाले अध्यक्ष झलनाथ खनालले पनि सहमतिमा पुग्नुपर्छ भन्नेमा तीन दलका नेताहरूको साझा अभिव्यक्ति रहेको बताए । 'सहमतिका लागि सबैको साझा अभिव्यक्ति छ । एजेन्डामा आधारित भएर दुई पक्ष्ाीय छलफल गरौं र बुधबार बिहानैदेखि तीन दलको बैठक बस्ाौं भन्नेमा सहमति भयो,' खनालले भने, 'बाहिर जे भए पनि नेताहरूमा सौहार्द वातवारण निर्माण भएको छ ।'माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले छलफलका क्रममा नेतृत्वका लागि चक्रीय प्रणालीलगायत विकल्पमा छलफल भएको बताए । 'कांग्रेस/एमालेको चक्रीय प्रणालीमा नै जाउँ भन्ने प्रस्ताव थियो,' श्रेष्ठले भने, 'त्यसमा थप छलफल अघि बढेको छैन ।' गोकर्ण बैठकमा सहमतिका लागि चक्रीय प्रणालीलगायतका विकल्प माओवादी स्वयंले प्रस्ताव गरे पनि आफूले पहिलो नेतृत्व नपाउने अवस्थामा त्यसलाई मान्न ऊ तयार देखिँदैन । श्रेष्ठले चक्रीय प्रणाली माओवादीको प्रस्ताव नभएको समेत बताए । यसैबीच माओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति सुशील कोइरालाबीच सरकारको नेतृत्वमा सहमति जुटाउन सोमबार बिहान गोप्य वार्ता भएको छ । ठमेलस्थित एक होटलमा दुई नेताबीच मात्रै भएको वार्तामा माओवादी या कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा छलफल भएको थियो । स्रोतका अनुसार कोइरालाले शिविरमा रहेका लडाकुको समायोजन र पुनःस्थापना कार्य अघि बढाएपछि माओवादी नेतृत्व मान्न सकिने बताएका थिए । अध्यक्ष दाहालले त्यसका लागि आफ्नो पार्टी लचिलो रहेको बताउँदै आफ्नो नेतृत्वमा सहमतीय सरकार बनाउन आग्रह गरेका थिए । भेटबारे कांग्रेस सभापति कोइरालाले शक्तिखोरमा शनिबार भएको हस्तान्तरण समारोहको समीक्ष्ाा र त्यसपछि बाँकी रहेको समायोजन र पुनःस्थापना कार्य कसरी अघि बढाउने भन्नेबारे छलफल केन्दि्रत भएको बताए । 'समायोजन र पुनःस्थापना कार्यलाई अघि बढाउने विषयमा दाहालसँग सकारात्मक कुरा भएको छ,' संवाददाताहरूसँग कोइरालाले भने, 'शान्ति प्रक्रिया टुंगोमा पुर्याउन अघि बढ्ने सहमति भएको छ ।'सरकार निर्माणका विषयमा सहमति भएको हो भन्नेबारे भने कोइरालाले त्यसबारे विस्तृत छलफल नभएको बताए । 'सरकार निर्माणमा 'ब्रेक थु्र' भयो भनेर बाहिर आएका धारणा सबै गलत हुन्,' कोइरालाले भने, 'अहिलेसम्म कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना उत्तिकै छ । त्यो सम्भावना माओवादीको पनि छ ।' केही समय अघि पनि दाहाल र कोइरालाबीच व्यापारी अजय सुमार्गीको घरमा गोप्य वार्ता भएको थियो । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें