|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

माओवादी कार्यकर्ताको हत्या : रहस्यमय

माघ १० - माओवादी भोजपुरा राज्य समिति सदस्य रुक्साना खातुनको हत्या 'रहस्यमय' बनेको छ । सरुअठा ९ का ३५ वषर्ीया खातुनको हतियारधारी समूहले आइतबार साँझ गोली हानी हत्या गरेको थियो । घटनाका बेला खातुनका साथ रहेका आफन्तले हत्यामा संलग्न व्यक्ति नातेदार पर्ने देखेपछि घटना रहस्यमय बनेको हो । हाल उनीहरू सबै फरार छन् । पुरानो घरायसी रिसइबी तथा अन्य कारणले रुक्सानाको आफन्तले नै हत्या गरेको प्रत्यक्षदर्शीले ठोकुवा गरेका छन् । घटनापछि सिङ्गो गाउँ शोकमा डुबेको छ । छतौनास्थित माइतीबाट घर आउँदै गरेकी रुक्साना खातुनलाई झाझ नदीको छेउमा गौंडा कुरेर बसेका हतियारधारीले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । भाउजूका साथ आएकी नन्द सबिला खातुनले उखुबारीमा गौंडा ढुकेर बसेका नातेदार अदुत मियाँ, सहलामदिन र कासिमलगायतले हत्या गरेको सञ्चारकर्मीलाई बताइन् । आफूले तीनै जनालाई प्रत्यक्ष देखेको र गाउँमा हल्ला गर्छे भन्दै आफूमाथि गोली प्रहार गर्न लाग्दा भागेर ज्यान जोगाएको उनले बताइन् । पुरानो रिसइबीका साथै अन्य कारणले भाउजूका नातेदारले नै हत्या गरेको उनले दाबी गरिन् । घटनामा संलग्न भनेका खातुनका नातेदार सबै फरार रहेको प्रहरीले जनाएको छ । कन्चटमा गोली लागेकी खातुनको घटनास्थलमै मृत्यु भएको थियो । खातुन हत्याको विरोधमा माओवादीले दिनभर जिल्ला बन्द गरेको छ । प्रशासनले माओवादीको मागप्रति सकारात्मक देखाएपछि बन्द फिर्ता लिएको थियो । घटनास्थलमा सोमबार राखेको श्रद्धाञ्जलिसभामा माओवादीका पोलिटब्युरो सदस्य भीमप्रसाद गौतम सभासद् प्रभु साह र देवेन्द्र पटेल तथा भोजपुरा राज्य समिति सचिव अन्जना बिसखँेलगायत नेता पुगेका थिए । सभासद् प्रभु साहले घटना रहस्यमय भएकाले गहिरिएर अनुसन्धान गर्नुपर्ने बताए । श्रद्धाञ्जलि सभामा सभासद् साहले हत्यारालाई कुनै पनि हालतमा नछाड्ने बताए । भोजपुरा राज्यसमिति सचिव अन्जना बिसखेँले खातुन हत्याको शोकलाई शक्तिमा बदल्ने बताइन् । खातुनको शव गाउँ ल्याउँदा ठूलो संख्यामा गाउँले जम्मा भएका थिए । ४ छोराछोरीकी आमा खातुनका श्रीमान् जोबेर मियाँ वैदेशिक रोजगारीका लागि दुई महिनाअघि मात्र साउदी अरब गएका छन् । दुई छोरासमेत विदेशमा छन् । कान्छो छोरा ओसी अख्तरको भने संविधानसभा निर्वाचनमा राजपुर फरहदवामा मृत्यु भएको थियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस