|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

इलाका स्तरीय योजना तर्जुमा गोष्टी सम्पन्न

गुल्मी माघ १४- जिल्ला विकास समिति गुल्मीको आयोजनामा इलाका नम्वर १० को इलाका स्तरीय योजना तर्जुमा गोष्टी नेपाल राष्ट्रिय सर्वोदय उच्च माध्यामिक विद्यालय पौंदीअमराई गुल्मीमा सम्पन्न भएको छ ।गुल्मीका दर्लिङ, पौदीअमराई, ह्वाङ्दी, दोहोली, नेटा र अर्खावाङ गाविसवाट छनौटमा परेका ५ ओटा योजनाको इलाकाबाट अनुमोदन गरी जिल्लामा पुर्याउन लागी इलाका गोष्टीको आयोजना गरिएको हो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका प्रतिनिधि रोमनाथ भट्टराई , नेपाली कांग्रेसका खीलध्वज पन्थी, नेकपा एमालेका शेषकान्त गौतम, राष्ट्रिय जनमोर्चाका केशर वहादुर विक , नेकपा एकीकृतका नन्दराम राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका टोप वहादुर वस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नारायण महत, रेडियो स्काईका टोपलाल अर्याल, विभिन्न सरकारी तथा गैर सरकारी संस्था, दलित, जनजाति, महिला, अपाङ्ग तथा ६ गाविसका गाविस सचिव लगायतका प्रतिनिधिको व्यापक अन्तरक्रियाबाट योजनाहरुको प्रथाकिता निर्धारण गएिको थियो ।
हरेक क्षेत्रका योजनामा स्थानीय वासीको जनसहभागीता वढाउने उद्देश्यले गाउँवाट छानिएका योजना इलाकावाट प्राथमिकता निर्धारण गरी जिल्लामा पुर्याउने उदेश्वले स्थानीय स्तरमै यस्तो योजना तर्जुमा गोष्टी आयोजना गरिएको हो । कार्यक्रममा वोल्ने वक्ताले कृषि उत्पादन र अर्थपार्जनका क्षेत्र हेरी आर्थिक विकास, वन वातावरण र भौतिक पुर्वाधार विकास लगायतका क्षेत्रमा अति आवश्यक योजनाको प्राथमिकता हेरी यो जनाको स्थान निर्धारण गरिएको छ । स्थानीय राजनितिक दल तथा स्थानीय वासीले योजना तर्जुमा गर्दा मात्र गाउमा आउने तर योजनाको वारेमा अनुगमन नगरेकोमा जिविस तथा गाविसप्रति गुनासो गरेका थिए । पौदीअमराई तथा दोहोली गाविसका गाविस सचिव भीमप्रसाद पोखरेलको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण जिल्ला प्राविधिक कार्यलयका गुल्मीका इन्जिनियर महेन्द्र आचार्य गर्नुभएको थियो भने सहजकर्ताको भुमिका शंकर मण्डल, खीमवहादुर अधिकारी र अर्जुन श्रेष्टले गर्नुभएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस