डेढ लाख नगद चोरी
गुल्मी माघ १४-गुल्मीको हस्तीचौर गाविसमा गएराती एक पसलमा करिव डेढ लाख रुपैयाँ नगद चोरी भएको छ ।हस्तीचौर गाविस ६ ताल्तुङ्ग निवासी डिल्लीराज पन्थीको किराना पसलवाट उक्त र कम चोरी भएको हो राती करिव ९ वजेको समयमा अनुहारमा नकाव लगाएको एक समुहले पसलमा रहेको नगद एक लाख पचास हजार रुपैयाँ लुटेर लगेको पिडीत पन्थीले वताउनुभएको छ । चोरी गरेर भाग्ने क्रममा लक्ष्मण केसी र राजेश वोहोरालाई स्थानीयवासीले नियन्त्रणमा लिएको र अन्य समुहले आक्रमण गर्ने डरले उनीहरुलाई राती नै छाडिदिएको उहाँले वताउनुभयो । घटनावारे थप अनुसन्धानका लागि धनार्जीवाट प्रहरीटोलि घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें