पत्रकार महासंघले भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान गर्ने
गुल्मी माघ ८- सहयोग जुटाएर आफ्नो भवन निर्माण शुरु गरेको नेपाल पत्रकार महासंघ गुल्मीले भवन निर्माणको लागी सहयोग गर्ने हयोगदाताहरुलाई सम्मान गर्ने भएको छ ।देश तथा विदेशमा रहेका व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गर्न थालेपछि भवन निर्माण समिति र आर्थिक उपसमितिको संयुक्त वैठक बसी सहयोगदाताहरुलाई सम्मान गर्ने निर्णय गरेको हो ।बैठकले रुपैयाँ पाँच हजारदेखि १० हजारसम्म सहयोग गर्नेलाई प्रमाणपत्र सहित सम्मान गर्ने, २५ हजारसम्म सहयोग गर्नेलाई सिंङमरमरमा नाम लेख्ने, ५० हजार सम्म सहयोग गर्नेलाई उल्लेखित सम्मान सहित चाँदीको फ्रेममा सम्मान पत्र र डोसल्ला ओढाएर सम्मान गर्ने र एक लाखसम्म सहयोग गर्नेलाई उल्लेखित सम्मान सहित सभाहलमा फोटो समेत रख्ने निर्णय गरेको छ ।
त्यसैगरी २ लाख सम्म सहयोग गर्नेलाई उल्लेखित सम्मान सहित छुट्टै ताम्रपत्रमा नाम र कार्यकक्षमा फोटो राख्ने ३ लाखसम्म सहयोग गर्नेलाई सबै सम्मानका साथ एक कोठाको नाम सहयोगदाताले ईच्छाएको व्यक्ति वा संस्थाको नाममा फोटोसहित राख्ने, तथा पाँचलाखसम्म सहयोग गर्नेलाई सबै सम्मान सहित सहित सभाहलको नाम सहयोगदाताले ईच्छाएको व्यक्ति संस्थाको नाममा राख्ने निर्णय गरेको छ । महासंघको भवन निर्माणको लागी पाँचलाख भन्दा धेरै सहयोग गर्न चाहने व्यक्ति वा संघ संस्थाको सन्दर्भमा भने छलफलपछि विशेष सम्मान गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले भवन निर्माणको लागी निर्माण सामाग्री आफैले जुटाईदिने र कामको लागी स्क्वायरफिटको आधारमा ठेक्का दिने समेत निर्णय गरेको छ »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें