|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

पर्यटन वर्षको प्रचार अभियानमा विद्यार्थी

गुल्मी माघ ८-
पर्यटन वर्षको नाममा आएको करोडौँ रकम शहर केन्द्रित बनेको गुनासो बढीरहेको बेला गुल्मीको गाउँ-गाउँका शिक्षक विद्यार्थीहरु भने यसलाई सफल पार्न आफै विभीन्न कार्यक्रम गर्ने अभियानमा जुटेका छन् ।

नेपाल पर्यटन बर्ष २०११ बिषयक बक्तृत्वकला प्रतियोगिता हिमालय उच्च माबि धुर्कोट बस्तुले समपन्न गरेको छ । नेपाल जुनियर रेडक्रस सर्कल हिमालय उच्च माबिको आयोजनामा सम्पन्न प्रतियोगितामा ९ जनाको सहभागिाता रहेको थियो । जसमा प्रथम कक्षा ११ कि ललिता केसी दोस्रो नबिन कुँवर र तेस्रो दिपा भण्डारी हुनुभएको छ । सरकारी रकम गाउँमा आउन नसकेपनि सचेत नागरीकको नाताले पर्यटन वर्षको प्रचार गर्नु आफ्नो दायीत्व भएकोले पर्यटन वर्ष २०११को प्रचारको लागी यस्तो कार्यक्रम गरीएको नेपाल जुनियु रेडक्रस सर्कल हिमालय उच्च माबिकी अध्यक्ष योगमाया भण्डारीले बताउनुभयो । विद्यार्थीहरुको सकृयतामा गाउँमा पनि पर्यटन वर्षको बारेमा प्रचार भएकोले विद्यार्थीको माध्यमबाट जनचेतना जगाउन सरकारले कार्यक्रम ल्याउनुपर्ने अभिभावक हुमलाल भण्डारीले बताउनुभयो । आफैले पनि यस्तो प्रकारको सचेतना कार्यक्रम गरेकोले सरकारी निकायबाट सहयोग भएमा अन्य कामहरु पनि गर्न सकिने जुरेस सदस्य सुदिप भण्डारीले बताउनुभयो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस