|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

शैक्षिक गुणस्तर वृद्धिमा कटिवद्ध बन

गुल्मी, माघ ०५- जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले गुल्मी जिल्लाको शैक्षिक गुणस्तर वृद्धिका लागि कटिवद्ध भएर लाग्ने प्रतिवद्धता साथ आफु मातहतका शैक्षिक संस्थाहरुलाई निर्देशन समेत दिनुभएको छ ।नजिकिँदै गरेको कक्षा १० को सेन्ट अप परीक्षालाई मर्यादित रुपमा सञ्चालन गर्ने लगायतका विषयमा आज सदरमुकाम तमघासमा आयोजित अन्तरकृया कार्यक्रममा वोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । मावि तथा उच्च मावि स्तरका प्रध्यानाध्यापक, प्राचार्य एवं श्रोत व्याक्ति र विद्यालय निरीक्षकहरु वीच भएको अन्तरकृया कार्यक्रममा जिल्ला शिक्षा अधिकारी भुसालले विगतका कमी कमजोरीहरुलाई सुल्झ्याउँदै शैक्षिक गुणस्तरताको लागि जिल्ला शिक्षा कार्यालय एक कदम पनि पछाडी नहट्ने वताउँदै सोही अनुसार सवै विद्यालयहरुलाई अगाडी वढ्न वढाउन निर्देशन दिनुभएको छ । कार्यक्रममा वोल्दै उहाँले आउँदो सेन्टअप परीक्षालाई मर्यादित वनाउन सवै पक्षलाई आग्रह समेत गर्नुभएको छ । साथै उहाँले शिक्षा नियमावली अनुसार अवदेखि प्रतयेक विद्यालयले हरेक शुक्रवार १ वजेसम्म नियमित कक्षा सञ्चालन गरेपछि अपरान्ह ४ वजेसम्म अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिनुभएको छ । उहाँले विद्यालयमा कतिपय शिक्षकहरु समयमा उपस्थित नहुने गरेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा विहान १० वजे विद्यालयमा उपस्थित हुनुपर्ने शिक्षक १५ मिनेट पछाडी आए पनि जिल्ला शिक्षा कार्यालयका जुनसुकै प्रतिनिधी वा श्रोत व्याक्तिले हाजिरी रद्ध गरिदिने चेतावनी समेत दिनुभएको छ ।
कार्यक्रममा सहभागी प्रधानाध्यापक, प्राचार्य, श्रोत व्याक्ति र विद्यालय निरीक्षकहरुले राखेका विभिन्न जिज्ञासा, सुझावहरुलाई समेटेर जिल्ला शिक्षा अधिकारीले कमी कमजोरीलाई सुधार गर्दै लैजाने वताउनुभएको थियो । करीव २ सय भन्दा वढीको सहभागीता रहेको उक्त कार्यक्रमको सञ्चालन जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरीलाल अर्यालले गर्नुभएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस