|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गायक कुमार कान्छाको निधन (कान्छाका चर्चित गीतका भिडियोहरुसहित)

काठमाडौं, माघ ४ - गायक कुमार कान्छाको सोमबार मुम्बईस्थित एक अस्पतालमा उपचारकोक्रममा निधन भएको छ ।
झण्डै सात महिनादेखि मुम्बईको माहिमपश्चिम एसएल रहेजा अस्पतालमा उपचार गराइरहेका गायक कान्छाको ५८ वर्षको उमेरमा सोमबार दिउँसो सवा ३ बजे निधन भएको हो । कान्छामा स्पाइनल कर्डमा ट्युमर देखिएको थियो । ट्युमरको अप्रेसनपश्चात उनको शरीरको माथिल्लो भाग चले पनि तल्लो भाग र दुवै खुट्टा चलेका थिएनन् ।पिता मनबहादुर शाह जागिरको सिलसिलामा दैलेखबाट कोलकाता पुगेका बेला कुमार २०१४ मंसिर २८ मा जन्मिएका थिए । उनका श्रीमती र दुई छोरा छन् । कुमारले नेपालका एक सयभन्दा बढी चलचित्रमा गीत गाएका छन् ।

उनले 'लाहुरे' 'कोसेली' जस्ता चलचित्रमा अभिनय पनि गरेका थिए । भारतमा भने उनले २५ भन्दा बढी भाषाका एक हजारभन्दा बढी गीत गाएका छन् । 'पीया कर गावँ' नामक चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत राष्ट्रियस्तरको पुरस्कार पाएका थिए ।

कुमार कान्छाका चर्चित गीतहरु


»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस