लोक गायकका श्रीमतीको भिरबाट लडेर मृत्यु
गुल्मी, माघ ४ - पुराना लोकगायक वीरबहादुर गन्धर्वकी श्रीमती यमकला गन्धर्वको मंगलबार भिरबाट लडेर मृत्यु भएको छ । गुल्मी जिल्लाको दोहोली गाविस–४ का वीरबहादुर गन्धर्वकी ७५ वर्षिया श्रीमती यमकलाको घर नजिकैको भिरबाट हिंड्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । लोक गायक वीरबहादुरको पनि १२ वर्ष अगाडि गाउँमै भिरबाट लडेर मृत्यु भएको थियो ।
टाउकोमा गंम्भीर चोट लागेर अचेत भएकी यमकलालाई गुल्मीकै दोहली उपस्वास्थ्य चौकीमा लैंजाँदै गर्दा मृत्यु भएको स्थानीय विष्णु सुनारले जानकारी दिएका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें