माओवादी केन्द्रीय बैठक / प्रचण्डले जवाफ दिन सकेनन्
काठमाडौं)माघ ७,मदन के सी
एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठकले आन्तरिक विवाद मिलाएर संगठन सुदृढीकरणका साथै शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउने गरी अघि बढ्नुपर्नेमा जोड दिएको छ।पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष डा. बाबुराम भट्टराई र मोहन वैद्यसहित नौ जना नेताले आफ्ना विचार राख्ने क्रममा गल्ती सच्याएर जानुपर्ने बताएका थिए। विचार राख्ने क्रममा नेताहरुले एकअर्काप्रति आरोप-प्रत्यारोप गरे पनि विवादलाई सुल्झाएर अगाडि बढ्नुको विकल्प नभएको विचार व्यक्त गरेका थिए। बैठकमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष भट्टराईलाई फरक मत राख्न नदिएको विषयमा ठोस जवाफ दिन सक्नुभएको थिएन। उपाध्यक्ष भट्टराईले पार्टी विधान र निर्णयअनुरुप फरक मत राख्न पाउने अधिकारलाई नेतृत्वले उपभोग गर्न नदिएकाले बाध्य भएर प्रशिक्षण बहिष्कार गर्नुपरेको बताउनुभयो।
बैठकमा नेताहरुले विगतमा भएका गल्तीलाई आत्मालोचना गरेर मुलुकको समग्र विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए। माओवादी उपाध्यक्ष वैद्यले अहिले मतमतान्तरलाई भुलेर सहमतिको बाटो अपनाउनुपर्ने बताउनुभएको थियो। आन्तरिक विवादका कारण विद्रोहसम्बन्धी प्रशिक्षण कार्यक्रमलाई नै स्थगित गरेर शुरु गरिएको माओवादी केन्द्रीय समिति बैठकमा मिलेर अघि बढ्नुपर्नेमा नेताहरुको जोड रहेको पार्टी प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो।
गत सोमबारको नेवाः र ताम्सालिङ राज्यसमितिको आन्तरिक प्रशिक्षणमा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले फरक मत राख्न नपाएपछि प्रशिक्षण बहिष्कार गरेपछि उत्पन्न समस्या समाधान गर्नका लागि माओवादीले आकस्मिक रुपमा पोलिटब्युरो र केन्द्रीय समितिको बैठक बोलाएको हो। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार सम्पन्न पोलिटब्युरो बैठकमा नेताहरुले विवाद समाधानका लागि बुझाइमा एकरुपता कायम गर्दै अगाडि बढ्ने सहमति भएको माओवादी प्रवक्ता शर्माले बताउनुभयो।
प्रवक्ता शर्माका अनुसार केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले आन्तरिक रुपमा विवाद समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो। उपाध्यक्ष भट्टराईले भने विगतमा केन्द्रीय समितिमा भएको निर्णयलाई गलत व्याख्या नगर्न आग्रह गर्दै बुझाइमा अस्पष्टता भएकाले समस्या आएको बताउनुभयो।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें