|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

सत्तरी हजारमा युवती किनेर चरम यातना दिने पक्राउ

बैतडी (खलङ्गा), माघ ५ - महारुद्र-७, का मदन भट्टकी श्रीमतीलाई गत वैशाखमा ७० हजार रुपैयाँमा किनेर ल्याएपछि चरम यातना दिएको भन्दै मेलौली गाविस-२, सुसाटखोलाका सुरेन्द्र नायकलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाखमा महारुद्रबाट ल्याएकी २२ वर्षीया सेतु भट्टलाई मेलौली-२ का २४ वर्षीय सुरेन्द्रले चरम यातना दिएको भन्ने माइतीको उजुरीपछि उनलाई मंगलबार बिहानै पक्राउ गरिएको इलाका प्रहरी चौकी मेलौलीका इन्चार्ज मीनबहादुर धामीले बताए ।

यातना सहन नसकेर गत पुस ३ गते महाकालीमा हामफालेर आत्महत्या गर्न गएपछि रोडिदेवलकी एक महिलाले आत्महत्या गर्नबाट बचाएको भट्टले बताएकी छन् ।

दुई दिन ती महिलाको घरमा बसेपछि त्यहाँ बस्न उनको परिवारले नमानेपछि रोडिदेवल-६, का नरी चन्दको घरमा बसेको बताउँदै उनले फोनमा भनिन्- 'शनिबार उहाँ (सुरेन्द्र)ले ती वृद्ध चन्दलाई कि रु ७० हजार दिनुपर्‍यो कि यहाँबाट हिँड् भन्दै बोलाएर ल्याएपछि यातना दिन थाल्यो ।'

आठ महिनाकी गर्भवतीसमेत रहेकी उनले कुटपिट गर्दै आफ्नो शरीरमा ब्लेडले चिरेर यातना दिएको बताएकी छन् । युवतीका भाइ कृष्ण भट्टले दिएको उजुरीअनुसार प्रहरीले उनलाई नियन्त्रण लिएको हो ।

महारुद्रका भट्टबाट रु ७० हजारमा किनेर ल्याएको केही महिना पछाडि नयाँ घरमा लोग्नेलगायत परिवारले शारीरिक र मानसिक यातना दिँदै आएको उनले दुखोसो पोखेकी छन् ।

युवतीका पूर्वलोग्नेलाई दिनुपर्ने रु ७० हजारमध्ये २० दिन बाँकी रहेकाले कि उक्त रकम तँ आफैँ तिर कि पुरानै लोग्नेको घरमा जा भन्दै दिनहुँ कुटपिट गर्दै आएको उनले बताइन् ।

उनले दिनहुँ कुटाई खानुको पीडा सहन नसकी आफू आत्महत्या गर्न महाकाली नदीमा हाम फाल्न गएको बताएकी छन् । कुटाईबाट गर्भवती भट्टको अवस्था गम्भीर बनेको छ
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस