|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

श्रीमती माइती गएको जोंकमा आत्महत्या

गौशाला, माघ २ -श्रीमती माइती गइदिएको झोंकमा गएराति महोत्तरीमा एक युवकले विषादी सेवन गरी आत्महत्या गरेका छन् । सुगा वानीपट्टी गाविस–३ बस्ने वर्ष १८ का राकेश मण्डलले गएराति आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शुक्रवार दिनभरि रिक्सा चलाएर राति घर गएको युवक मण्डलले श्रीमती माइत गइसकेको थाहा पाएपछि राति नै ससुराल गएको तर सँगै श्रीमती नआएपछि विषादी सेवन गरी घर फर्केको बताइएको छ ।
विषादी सेवन गरी घर फर्केका युवक लडबडाई रहेको देखेपछि परिवारले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेको र राति करिब ९ बजे निजको उपचारकै क्रममा मृत्यु भएको हो ।

मण्डलले मुसा मार्ने औषधि खाएर आत्महत्या गरेको शव परीक्षणबाट देखिएको छ । मृतक मण्डलको ससुराली भारतको सीतामढी जिल्लाअन्तर्गत भिट्ठा पञ्चायत हो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस