|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

हेल्थपोष्टमा चोरी

गुल्मी माघ ०३-गुल्मीको इस्मा रजस्थल गाविसमा रहेको रजस्थल इलाका हेल्थपोष्टमा चोरी भएको छ ।गत पुस २९ गते राती हेल्थपोष्टको ढोका फोरी ४५ एम्पियरको सोलार सिस्टम तथा गुल्मीकै एउटा मात्र हेल्थपोष्टमा सञ्चालनमा आएको स्वास्थ्य शिक्षा कर्नरको डिभिडी प्लेयर चोरी भएको हेल्थपोष्टका प्रमुख चन्द्र प्रसाद भुसालले जानकारी दिनुभएको छ । सोलार चोरी भएपछि महिनामा लगभग १५ जनालाई प्रसुति गराउने यस कार्यलयलाई समस्या परेको छ । हेल्थपोष्टको नयाँ भवन निर्माण गर्न लागिएको हुँदा आनन्दपुर माद्यामिक विद्यालयको एक कोठामा कार्यलय सारी सेवा सुविधा दिइरहेको थियो । यता विद्यालयको ढोका फोरिनु तथा स्वास्थ्य संस्था जस्तो संस्थामा चोरी हुनु दुखद कुरा भन्दै छिटो भन्दा छिटो घटनाको दोषी पत्ता लगाइ कानुनी कारवाही गर्न आनन्दपुर माद्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नारायण पैयाँनीले प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको छ । चोरीको बारेमा अनुसन्धान भइरहेको पौँदी अमराई प्रहरीचौकी इस्माका प्रमुख रेशम कुमार श्रेष्टले बताउनु भएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस