|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

चिसोका कारण जनजिवन प्रभावित

गुल्मी माघ ०३-नेपालका बिभिन्न पहाडी जिल्लाहरुमा हिमपात परेपछि गुल्मी जिल्लाको जनजिवन पनि प्रभावीत भएको छ ।
आईतवार बिहानै देखि सदरमुकाम तम्घास तथा आसपासका क्षेत्रहरुमा चिसो बढ्नुका साथै मध्यान्ह पछि पानी परेपछि यहाँको जनजिवन प्रभावित बनेको हो । माघ महिनाको शुरुवात सँगै यस आईतवारबाट पहिलो माघी झरी पनि शुरु भएको छ । यसरी विहानैदेखि चिसो बढ्नु र मध्यान्हपछि बर्षा हुनुले यहाँका स्थानीयवासीहरुले हिमपात हुन सक्ने बताएका छन । यसरी लामो समयपछि पानी परेपछि कृषकहरु खेतीपाती सपार्ने आशबादी बनेका छन् । यस्तै पानी परेपछि चिसो बढेकाले बालबालिका तथा बृद्धबृद्धाहरुमा छाती दुख्ने, रुघाखोकी लाग्ने तथा निमोनिया जस्ता रोगले सताउने जिल्ला अस्पताल तम्घासका प्रमुख डाक्टर भेषराज पोखरेलले बताउनु भएको छ । सदरमुकाम तम्घासमा पानी परेपछि हिजो अस्तीको तुलनामा मानिसहरुको चहलपहलमा पनि कमी आएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस