|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

महिलाको दूधबाट आइसक्रिम

१६ फागुन,गर्मी लाग्नै थाल्दा शहरतिरका क्याफेमात्र हैन, सडकतिर पनि आइसक्रिम हातभरि समातेर खाँदै हिडेका दृष्य देखिन्छन् । नेपालमा पनि थुप्रै स्वादका आइक्रिम पाइन्छन् । यस्ता आइसक्रिम प्रायः सवै चौपायाहरुको दूध र क्रिमबाट बनाइएका हुन्छन् ।यदि तपाईले सानो छँदा खाएको आमाको दूधको स्वाद बिर्सिसक्नुभएको भएको छ भने त्यसको तिर्सना मेटन खासै गाह्रो छैन अब । महिलाको दूधबाट बनेका आइसक्रिम पनि पाउन थालिएको छ ।

लण्डनस्थित एक आइसक्रिम पार्लरले पहिलोपटक महिलाको दुधबाट आइसक्रिम उत्पादन थालेको छ । ‘बेबी गग’ नाम दिइएको स्वादका लागि ७५ प्रतिसत मानब दुध र २५ प्रतिसत क्रिम प्रयोग भएको आइसक्रिममिष्ट रेष्टुरेन्टका संस्थापक म्याट ओकोनोरले बताए ।

मस्तिष्कको लागि समेत उपयोगी हुने बताउँदै ओकोनोरले एओएल न्यूजलाई भने, ‘सुरुमा केहिले नाक खुम्चाए । तर प्रायः महिलाहरुले दुधको स्वाद चाख्न ‘बेबी गग’आइसक्रिम खाने गरेको उनको दावी छ । ‘बच्चाको जन्मपछिको समय र खानाको आधारमा आइसक्रिमको स्वाद फरक पर्छर्,’ उनले थपे ।

महिलाको दूधबाट आइसक्रिम बनाउन त्यति सस्तो र सजिलो भने छैन् । एक आउन्स दुधका लागि १.६१ डलर तिर्ने गरेको उत्पादकको दावी छ । स्वभाविक प्रश्न उठछ, त्यसो भए दूध कसरी संकलन गरिन्छ त ? ३५ वषिर्य भिक्टोरिया हिले एक यस्तै ‘दलाल’हुन जसले बच्चालाई दूध नचुसाउने र ब्रेस्टफिडिङमा समस्या भएका महिलाहरुबाट दुध संकलन गर्छिन् । यसरि दूध बेच्ने र संकलन गर्ने महिलाको ठूलै संजाल बनेको छ अहिले ।

बेबी गग आइसक्रिमको स्वाद लिन तपाईले २२ डलर खर्चिनुपर्नेछ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस