|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

दिल्लीमा निगमको कार्यालय खाली गराइयो

नयाँदिल्ली, फाल्गुन १५ -
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको यहाँस्थित क्षेत्रीय कार्यालय रहेको भवन ३६ वर्षपछि घर मालिकले अदालतको आदेश भन्दै बलजफ्ती खाली गराएका छन् ।घर मालिकसँग सम्बन्धित व्यक्तिहरू शनिबार बिहानै जनपथस्थित निगम कार्यालय पुगेर सामानहरू बाहिर फालिदिएका थिए । लिज सम्झौता सकिए पनि ११ वर्षयता निगम अवैधानिक तरिकाले बसिरहेकाले आफूहरूले हटाएको उनीहरूले कान्तिपुरलाई बताए ।

व्यापारिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण उक्त स्थानमा सन् १९७५ देखि निगमको कार्यालय रहँदै आएको थियो । घर मालिकसँग सम्बन्धित कम्पनी सृष्टि प्रोपर्टिजसँग भवनका दुई तल्ला

(भुइँ र पहिलो) २५ वर्षका लागि निगमलाई लिजमा दिने त्यतिखेर सम्झौता भएको थियो ।

सन् २००० मा लिजको अवधि सकिएपछि घर मालिकले कार्यालय खाली गराउन भने पनि निगमले छाडेन । बरु निगम घर मालिकविरुद्ध लिज सम्झौता सकिएको वर्षै अदालत गएको निगमका क्षेत्रीय निर्देशक श्यामध्वज सिलवालले जानकारी दिए । अदालतले करिब ११ वर्षपछि घर मालिकको पक्षमा फैसला गरेको

हो । ती दुई तल्लाका लागि निगमले १ हजार १ सय रुपियाँ मात्रै तिर्दै आएको थियो । जबकि उक्त क्षेत्रमा निगमको कार्यालय भएको जति स्थानलाई लाखौं भाडा लिने गरिन्छ । फैसला केही दिनअघि भए पनि सार्वजनिक बिदाको दिन पारेर घर मालिकसँग सम्बन्धित व्यक्तिहरू कार्यालय खाली गराउन पुगेका थिए । साँझसम्म कार्यालयको भुइँ तल्ला खाली गराएर सृष्टि प्रोपर्टिजको नाम अंकित गरेर रंगरोगन सुरु गरिएको छ । निगमका केही सामान अझै पहिलो तल्लामा छन् ।

कार्यालय खाली गराइएको विषयमा निगम कर्मचारीहरूलाई सोध्दा अन्योलमा देखिन्थे । 'यो सबै अचानक भयो, हामी आफैं पनि अचम्ममा परिरहेका छौं,' निकै थकित र चिन्तित मुद्रामा एक कर्मचारीले भने ।

निर्देशक सिलवालले पनि आफूसमेत घटना कसरी भयो भन्नेबारे अन्योलमा परेको बताए । कार्यालय खाली गराउनुअघि जानकारी दिए/नदिएकोबारे सोध्दा उनले अनभिज्ञता जनाए । 'जुन अवस्थामा हामी मुद्दा लडिरहेका थियौं, त्यसमा पूर्वजानकारी दिनु नपर्ने हाम्रो पक्षका वकिलले मलाई भनेका छन् । मैले पनि खोइ केही बुझ्न सकेको छैन,' सिलवालले भने ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस