|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

मलमुत्र खुवाउने प्रहरी खोरमा

झापा, फाल्गुन १५ -
झापाको पाँचगाछी– ७ मा बोक्सोको आरोपमा मलमुत्र खुवाइएको आरोपमा प्रहरीले स्थानीय धृतलाल राजवंशीलाई पक्राउ गरेको छ । यसैबीच पीडितसँग मानवअधिकारकर्मीको टोलीले घटनाबारे जानकारी लिएको छ । नेपाल मानवअधिकार सङ्गठनका केन्द्रीय सदस्य डा केपी सुवेदीको नेतत्वको टोलीले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडकसँग सोधपुछ गरेको छ । गत सोमबार बिहान विश्वडुबा टोलमा बोक्सोको आरोप लगाउँदै स्थानीय नापीलाल राजवंशी, नोनियालाल राजवंशीसहितको समूहले धामीझाँक्रीको काम गर्ने नारायण राजवंशी र वीरबहादुर राजवंशीलाई कुटपिट गरी मलमुत्र खुवाएका थिए ।

पीडित वीरबहादुरले आफूलाई जबर्जस्ती पक्राउ गरी कुटपिट गरी मलमुत्र खुवाएको र आफू घरमा बस्न नसकेको बताए । उनले न्याय दिलाइदिन मानवअधिकारकर्मीसँग आग्रह गरेका छन् । गाउँमा पटकपटक पाँचजना मरेको घटनामा धामीद्वयको हात रहेको भन्दै मलमुत्र खुवाएको पीडितले बताए ।

पीडितले प्रहरीसमक्ष १३ जनाको विरुद्धमा उजुरीसमेत दिएका छन् । इलका प्रहरी कार्यालय झिलझिलेले उजुरी परेको र घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस